जोरपाटी ओरालोमा एपोलो टायरको नयाँ शोरुम संचालनमा आयो

जोरपाटी ओरालोमा एपोलो टायरको नयाँ शोरुम संचालनमा आयो

कपन अनलाइन

काठमाडौं, असोज १२ ।गज गणेश ट्रेडर्स प्रालि आधिकारिक बिक्रेता रहेको एपोलो टायरको नया शोरुम  गोकर्णेश्वर जोरपाटी ओरालोमा संचालनमा आएको छ ।

करिब १ करोडको लगानीमा व्यवसायी पुष्कल घिमिरेले उक्त शोरुम संचालनमा ल्याएका हुन। सोमबार एक कार्यक्रमका बीच एपोलो टायरका  कन्ट्री हेड राजेश कुमार दास र व्यवसायी पुष्कल घिमिरेले  उक्त शोरुमको संयुक्त रुपमा  रिबन काटी उद्घाटन गरेका हुन।

थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा  केन्द्रीय कार्यालय रहेको एपोलो टायरले जोरपाटीमा नया शोरुम संचालनमा ल्याएको हो । एपोलो भारतको अन्तर्राष्ट्रिय  टायर उत्पादन गर्ने कम्पनि हो  कम्पनीले भारत सहित युरोपका तीन देश बाट एक साथ् एपोलो ब्राण्डको टायर उत्पादन गर्ने गरेको छ जुन  टायर विश्वको १ सय भन्दा बढी देशमा बिक्रि हुने गरेको छ ।

 शोरुम उद्घाटन गर्दै दासले केही वर्ष देखि नै नेपाली बजारमा एपोलो टायर उपलब्ध भइरहेको र डिष्ट्रिब्युटर तथा रिटेल पार्टनरहरुको सहयोगको कारण एपोलोका विभिन्न रेन्जका टायरहरुको राम्रो बजार भएको बताएका थिए  ।

उनले नेपालका अन्य स्थानमा पनि   आफ्नो बलियो उपस्थिति जनाउने तथा ग्राहकलाई सर्वसुलभ रूपमा उत्पादन उपलब्ध गराउने उद्देश्यले एपोलो टायरका शोरुम खोल्न लागिएको जानकारी गराएका थिए ।नयाँ शोरुमले ग्राहकहरुलाई  टायर खरिदका लागि सहज बनाउने र यसैको माध्यमबाट  एपोलो टायरको  बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ।

तपाइँको प्रतिक्रिया ।