फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न

फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,माघ २३।
युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ । भक्ती फाईनान्स गु्रपका प्रमुख गगन केसीको प्रशिक्षण फाइनान्सीयल अपरचुनिटी सेमिनायार कार्यक्रम सम्पन्न भएको हो।

जनवरी ३१ शनिबारका दिन अमेरिकाको टेक्सस बेडफोर्डमा आयोजना गरिएको सेमिनारमा भक्ती फाईनान्स गु्रपका प्रमुख गगन केसीले अमेरिका कुन कुन तरिकाले आर्थिक स्वतन्त्रता पाउन सकिन्छ र के के गर्नु जरुरी हुन्छ भन्ने बिषयमा कार्यपत्र। प्रस्तुत गरेका थिए । कार्यक्रम डालस फोर्टवर्थका युवा ब्यवसायीहरुको सहभागीता रहेको थियो । फिने अमेरिकाका अध्यक्ष सवीन्द्र थापाले यस खालका कार्यक्रमले उद्यम गर्न चाहाने सबैमा उत्प्रेरणा थपिने बताए ।

फिने अमेरिकाले उद्योग ब्यवसाय सुरु गर्न चाहाने तथा ब्यवसाय गरिरहेका ब्यवसायीहरुलाई नेटवर्किङ गर्ने र परामर्श दिने गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।