नेकपा एमाले बुढानिलकण्ठमा सचिवको चर्चा,को को छन दौडमा ?

कपन अनलाइन

काठमाण्डौ,असोज १२।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव चयनको चर्चा संगै अहिले स्थानीय नेताहरुको दौड शुरु भएको छ। चाडै बस्ने जिल्ला कमिटीको बैठक बाट नगर कमिटीको सचिव चयन हुनसक्ने चर्चा शुरु भए संगै आकांक्षीहरु सक्रिय बनेका छन।

नेकपा एमाले बुढानिलकण्ठको अध्यक्ष बनेका प्रदिप डंगोलले पनि सचिव चयन नहुँदा संगठन र व्यवस्थापनको समस्या परेको बताईरहेको अवस्थामा विभिन्न नेताहरुको दैलो दौडाहा शुरु भएको छ।

चाडै हुने नगर अधिवेसन र तयस पश्चातको स्थानीयतहको निर्वाचनलाई केन्द्रमा राखेर हेर्दा सचिव पद निकै आकर्षक राजनीतिक मुकाम हुने भएको कारणले अहिले धेरै जना यसको दौडमा रहेको एक नेता बताउछन।

नेकपा एमाले बुढानिलकण्ठको सचिवको दौडमा अहिले वडा नं १३ का अध्यक्ष तथा क्षेत्र नं ४ का पुर्व उपसचिव श्रीकृष्ण श्रेष्ठले कडा लबिङ्ग गरिरहेको व्यापक चर्चा चलिरहेको छ भने वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ताले सचिवका लागि विभिन्न श्रोतहरुको परिचालन गर्दै नेताहरुको नाडी छाम्ने प्रयास गरेको गाइगुई हल्ला चल्न थालेको छ।

त्यस्तै नेकपा एमाले बुढानिलकण्ठको सचिवको लबिङ्गका लागि वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले पनि केहि बिहान/बेलुका राम्रै संग खर्च गरिरहेको चर्चा चलिरहेको अवस्थामा नगर कमिटी सदस्य तथा वडा नं १० का इन्चार्ज धुर्व भट्टराई पनि निकै सक्रिय देखिएका छन।

त्यस्तै अहिले एमाले बुढानिलकण्ठको सचिवका लागि नगर सल्लाहकार बिन्दा गौतम र नगर कमिटी सदस्य देवी रेग्मी पनि निकै जोडतोडले लागिरहेको श्रोतले जानकारी दिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ र ५ रहेको बुढानिलकण्ठ नगरपालिकाको अध्यक्षमा क्षेत्र नं ५ बसोवास गर्दै आएका डंगोल अध्यक्ष बने संगै क्षेत्र नं ४ ले सचिव पाउने निश्चित प्राय रहेको अवस्थामा वडा नं १२ का सिपि आचार्य पनि दावी प्रस्तुत गर्दै लबिङ्ग गर्दा राजनीतिक माहोल निकै तातेको छ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले पनि मौका आउदा पछी नहट्ने आफु निकटलाई बताएको चर्चा चलिरहदा वडा नं ९ का पुर्व शाखा अध्यक्ष गोविन्द कटवाल र नगर सदस्य तथा २०५४ शालको स्थानीय निकायका जनप्रतिनिधि  रबि थापालाई सचिवको सम्भावित उम्मेदवार मानिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।