Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/1632798463-x4ct1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

आगामी कार्तिक ७ र ८ गते पाँच वर्षसम्मका बालवालिकालाई भिटामिन ‘ए’ खुवाइने

कपन अनलाइन 

काठमाडौं असोज १२ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामि कार्तिक ७ र ८ गते देशभरका ५ वर्षसम्मका बालवालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ । मन्त्रालयले ६ महिनादेखि पाँच वर्षका बालवालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने भएको हो। यस्तै एक देखि ५ वर्षसम्मका बालवालिकाहरुलाई जुकाको औषधि  खुवाइने कार्यक्रम रहेको छ । सोही दिन ६ देखि २३ महिनाका बालवालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व–बालभिटा समेत दिइँदै छ ।

यसअघि यो कार्यक्रम कार्तिक २ र ३ गतेका लागि तय गरिएको थियो तर उक्त समयमा महान चाड दशैं परेकाले समय परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । ७५३ वटै स्थानीय तहलाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अभियानका लागि तयारी गर्न मन्त्रालयले अनुरोध गरेको छ

तपाइँको प्रतिक्रिया ।