काटेर अब फाल्नु पर्छ : पुरुषोत्तम नेपाल (गजल )

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

उत्रन्थे कसरी ती यात्रु विचरा चुहिन्थ्यो डुङ्गा जब ।
मिचिन्छन् जसरी अनाज खेतका जुध्छन् नि साँढे जब ।।
नेतृत्व जब हुन्छ बुङ्गो अनि त रुन्छन् जनताहरू ।
नेता नै भुतुङ्गो भएर हिँडे त झुक्छन् नि लज्जाहरू ।।

सिद्धान्त जब लाग्छ मोलतोलमा लड्छन् विचार यहाँ ।
त्यो पश्चिम जग खेल्छ रौद्र रुपले यो देशको छातीमा ।।
विश्वास जब गर्न सक्दैन जनता आफ्नै नेतामा पनि ।
काटेर अब फाल्नु पर्छ सहेर दुख्दा व्यथामा पनि ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।