आजका बालक : गंगा लिगल (कविता )

आजका बालक : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

आजका बालक तिमी
भोलिका देशका आधार
देशलाई समेट्ने कर्णाधार ।
हो तिमी आज सानै छौ
विवेक फस्टाएको छैन
जिद्धी गर्छौ अनि
अनि आमा बाबाले भनेको
नमान्ने गर्छौ ।

आमा बाबाले सिकाउछन
तिमी सिक
ज्ञानी बन्नेछौ छिटो
अनि ज्ञानको धाराले स्नान गर
जुन आमा बाबाले दिन्छन
स्कुल गएपछि बा आमा समान
गुरु, गुरुआमा चिन्ने गर ।
यो तिम्रो दोश्रो जन्म हो ।
पहिलो जन्मदाता आमा
दोश्रो गुरु हो ।
अब आउँछ गुरुको पालो
गुरुले दिएको ज्ञान कहिले नबिर्स
जसले तिमीलाई जोश जाँगर अनि होश भर्छ ।
जीवन कालभरि नै गुरु, आमा, बा तिम्रो आदर्श हुन
जसले पैदल हिड्न मात्र होइन
उड्न पनि सिकाउँछ ।
तिम्रो जीवनको अङ्ग अङ्गमा
जोश जागर र स्फुर्ती भरिदिन्छ
जसले गर्दा तिम्रो सच्चा
ज्ञानमा आदर्शले स्नान गराउछ ।
अनि त्यहीँ जीवन अब
प्रबुद्धता र सम्पूर्ण क्षमता पूर्ण
युवाको रूपमा सफलिभुत भै
ज्ञान गङ्गाको प्रभावले
एक मुर्धन्य व्यक्तित्व बनेर

जीवनको साकारताको
पराकाष्ठा चुम्न पुग्छ
जस्ले जीवनलाई
सदा जीवन्तताले
सुसज्जित पारि
आल्हादित बनाउछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।