नयाँ दिल्लीस्थित एक अदालतमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु

नयाँ दिल्लीस्थित एक अदालतमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी कोर्टमा शुक्रवार दिउँसो गोलीबारी भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार घटनामा एक ग्यांगस्टार र दुई अपराधीको ज्यान गएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार जितेन्द्र मान गोगी नामका ग्यांगस्टारको ज्यान गएको हो । गोगीमाथि गोली चलाएका दुई अपराधीको भने प्रहरीको फायरिंगमा ज्यान गएको हो । उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

आक्रमणकारी वकिलको पोशाकमा आएको बताइएको छ । घटनामा एक महिला वकिलसहित अन्य तीन जना भने घाइते छन् । दिल्ली पुलिस कमिश्नर राकेश अस्थानाका अनुसार रोहिणी कोर्टमा गोगीको सुनवाई हुने क्रममा लैजान लागिएको थियो । मारिने अन्य दुई अपराधीमध्ये एक जनाको टाउको मूल्य समेत तोकेर प्रहरीले खोजि गरिरहेको थियो । उनको मुल्य ५० हजार भारु तोकिएको थियो ।

तपाइँको प्रतिक्रिया ।