अव्यवस्थित अस्पताल भित्र आइटीका बिध्यार्थी
कपन अनलाइन
काठमाडौं असोज २/ अमर प्रकाश तिवारी
एक आइटीका बिध्यार्थीले परिवारका एक सदस्यको छाती दुखे जस्तो भएको सुनेर दौडाउदै हस्पिटल लान्छ । कुरो समन्य नै थियो र यो लगातार धेरै दुखेको कुरो आयो र छाति त्यसमा पनि देब्रे पट्टिनै दुख्नु भनेको घरमा बसेर सामान्य आवस्थामा आउला भन्ने होइन । आस्पतालमा सिधा आकस्मिक कक्षमा लगिन्छ । सामान्य तया नाम चलेको अस्पताल त्यसमा पनि नाम कमाएकै डाक्टर भएकोले अलि बिश्वसनियता थियो नै । आकस्मिक कक्षमा लगिएको बिरामी हेर्नु भन्दा पाहिले नै नाम लेखाउने, र कार्ड बनाउनु पर्ने कुरो आयो, अलि असहज जस्तो भएपछि यस्तो नाजुक अबस्था छ, बिरामीको के गर्नु पर्ने हो त्यो उपचार त गर्दै गर्दा हुन्छ नि, पैसो तिर्ने र आस्पतालको कार्ड बनाउने काम त गर्दै गर्न सकिन्छ भन्ने जबाफ पछी नजिकैकी स्वास्थ्य सेबिकाले भनिन के गर्नु हजुर, कार्ड बनाए पछि मात्र बिरामीलाई चेक जाच गर्नु भन्नु भएको छ डा’साबहरुले, के गर्नु हामीलाई कराउनु हुन्छ नत्र ।
बिबस र निशब्द ती आइटीका बिध्यार्थी बिरामीलाई त्यहि छोडेर पैसो तिर्न काउन्टरमा जानु पर्यो ।प्रक्रियाकै क्रममा कार्ड बनाउने, नाम लेखाउने र आवश्यक रकम जम्मा (Deposit) गर्ने सम्म गरियो । छातीकै समस्या भएकोले इलेक्ट्रोकार्डियोग्राम (ECG) गर्न लगाइयो जसमा सामान्य अबस्था पाइयो । मुटुको चाप, पेसर त ठीक नै रहेछ, र बिहान भर्खरै जाचेको सुगर पनि सामान्य नै देखियो । त्यस पछि बिरामीको परिचय मागियो, कहाँ बस्ने, के गर्नु हुने सामान्य सबै कुरो भए पछि अन्य जाच गर्न भनियो । अलि राम्रै परिचय पाएर होला थप उपचार गर्नु पर्ने भयो । नाम चलेको आस्पतालको नाम चलेको डाक्टरले उपरान्त जाच गर्नु पर्ने लिस्ट बनाए पछि पैसो तिर्ने काउन्टरमा गइयो । काउन्टरमा ठुलै बिबाद हुदै रहेछ ।
हार्ट अट्याक भएर ल्याएको बिरामी २४ घण्टा पछी मिर्त्यु घोषणा गरिएको रहेछ, जसको अस्पताल खर्च थुप्रै आएको गुनासो बीच भना भन हुदै थियो । त्यो भीडलाई पन्छाउदै बिरामी कुरुवा काउन्टरमा डाक्टरले लेखि दिएको टेस्ट गर्नु पर्ने काजत बुझाउछ, कारीब २ मिनेट पछि काउन्टरले भन्छ तपाइको बिरामीको रगत लगायत थुप्रै टेस्ट गर्नु पर्ने छ जसको ठुलै खर्च आउछ के गरम ? फसाद आइटीका बिध्यार्थी हतारमा भन्छ एक हप्ता आगाडी त सबै टेस्ट गरेको छ त, तेस्ले हुन्छ होला नि, म डाक्टरलाई सोध्छु ।
पुनः दौडिदै आफ्नो बिरामीको झोलामा गत हप्ता गरिएको सबै जाचको रिपोर्ट निकालेर सोहि डाक्टरलाई भेट्न जान्छ । गत हप्ता सरकारी आस्पतालमा समय निकालेर गरेको टेस्ट नै हो, सबै रिपोर्ट ठीकै थियो पुनः अहिले बडी नै दुखेर अस्पताल आउनु परेको हो । एक हप्ताको रिपोर्ट त काम लाग्ला, जुन काम लाग्दैन त्यहो चाही गरौला भन्ने जुक्ति ठिक थियो, उसको । डाक्टर साब यो अस्ति भर्खर सबै टेस्ट गरेको, रगत, दिसा, पिसाब, छातीको एक्सरे सबै लगभग ६/७ दिन अगाडिको रिपोर्ट हुन् । हजुर ले यहि जाच्न लगाउनु भएको रहेछ । हुन्छ कि हेर्नुस न एकपटक हजुर, उसको कुरोले अलिकति फिस्केको डाक्टर, अनुहार अलि खुम्च्याउदै भन्छन हेरु त, कस्तो रहेछ ? बिरामी शारीरिक अवस्था हरेक मिनटमा परिबर्तन हुन्छ यो त हप्ता दिन अगाडिको रिपोर्ट हो, त्यति बेला केहि देखिएको रहेन छ, तपाइको बिरामी लाई केहि भएको छैन, भन्दै आफ्नो सहकर्मीलाई बोलाएर उक्त बिरामीलाई डिस्चार्ज गर्न लगाउछन ।
उपचार गर्न गएका बिरामी पूर्ण उपचार नहुदै उस्तै रूपमा फर्किन्छन, किन भने उनले त्यो अस्पतालमा डाक्टरले भने बमोजिम विभिन्न परिक्षण गरेनन । पैसो नभएको आनुमानमा पूर्ण निको नहुदै वा अझै भनु रोग नै पत्ता नलगाई बिरामी डिस्चार्ज गर्न लगाउछन । यो बिरामी बाट त्यो नाम चलेको डाक्टरले कमाउन नपाउने आबस्था आयो । छाती दुखिरहेको छटपटाहटमा बिरामी फर्किदै थिए । आसध्य पीडा भएको कुरो नजिकैको औषधी पसलेले सुनेर भनेछ, के भयो उहालाई, ग्यास्ट्रिक भएको जस्तो छ, ल यो एउटा ग्यास्ट्रिकको ट्याब्लेट एक घुट्को पानीले निल्नुस र एकै छिन त्यही पेटीमा बस्नुस त, ठीक हुन्छ । बडा रबाफले औषधी पसलेले भने । स्तब्ध आइटीका बिध्यार्थी बिरामीलाई डोर्याउदै थिए । उ पनि त्यही ठिङ्ग उभिए, अलि कति आशामा ।
पीडाको छटपटाहटमा पाएको एक घुट्को पानि र एउटा ट्याब्लेट खाएर साचै ती बिरामी त्यही बस्छन । त्यति के खाएका उनको खस्किएको आनुहारमा चमक आयो, दुखेको छाती एकै पलमा आराम महसुस गरे र भयले निहुरेको टाउको ठाडो भयो । बास्तबमा उनले ती औषधी दिने लाई भगवानको रूपमा देखे भने त्यही अस्पतालको नाम कहलिएको डाक्टरलाई यमराज । जो कोहि नेपालीलाई परेको या तेस्तै नभए पनि उस्तै उस्तै भएकै छ । उपचार प्रणाली, र अस्पतालको मनोपली न कुनै व्यवस्था न कुनै कानुन । जसले जे जसरी, जति लिए पनि हुन्छ, शारीरिक जाचमा कतै एकरूपता छैन, एउटामा जाचेको अर्कोमा काम नलाग्ने, अर्कोमा जाचेको यता काम नलाग्ने । टाउको उपचार गर्दै गर्दा पेटको इन्डोसकोपि गर्न लगाइन्छ, के कति पैसो बोकेर गए उपचार हुन्छ भन्ने कुरो को कतै ज्ञान या अनुमान, या कुनै स्पस्ट बडा पत्र नै हुदैनन् । जति पनि खर्च हुन सक्छ, जति पनि लाग्न सक्छ ।
यस्तो अन्यौल अबस्ता छ यो उपचार पद्धतिमा ब्रम्हा लुट नै भएको छ । यो सम्पूर्ण रिपोर्ट विधुतीय प्रणालीबाट सबैलाई सहज पहुच हुने गर्दा झन् सहज हुन्थ्यो । किन भने एउटामा गरेको सम्पूर्ण जाच निश्चित समयसम्म अर्कोमा पनि काम लाग्ने होस्, जाच शुल्कमा एकरूपता आवोस, कतै त्यही टेस्ट गरेको भन्दा ४ गुना बढी लाग्ने समेत सुन्नमा आएको पाइन्छ । बिरामीलाई भएको कुरो राम्रो संग बुझी तेस्लाई एक अस्पतलमा दर्ता गरेपछि त्यो सबैमा सहजै पुगोस । ती आइटीका बिध्यार्थी सन्चो भयको बिरामीको काधमा हात राख्दै भन्छन । एउटा कम्प्युटर सफ्टवायेर विकास गर्ने, नेपाल को सबै आस्पतालमा त्यो सफ्टवायेर जडान गर्न लागाउने र हरेक डाक्टरले उक्त सफ्टवायेर सहज ढंगले व्यक्तिको नाम या कोड हान्दा उसको उपचारको इतिहास सजिलै बुझिने बनाउने, कुन बेला के टेस्ट गरेको छ र अब के टेस्ट गर्न आवश्यक छ त्यो सरल तरिकाले जाँच्न सकिने छ ।
समयको पनि बचत उपचारमा पनि सहज हुने गर्छ । यो औषधि उपचार र ,खर्च मा पनि समस्या आउदैन । उक्त बिध्यार्थी अगाडी भन्छन, डाक्टर पढ्न नै करोडौ लाग्छ, आस्पताल र इकुइपमेन्ट ल्याउन तेस्तै खर्च, तेस्मा यो संचरना बनाउन तेस्तै खर्च हुन्छ । नेपालमा प्रणाली को व्यवस्था भएन भनेर हुन्न, हामी प्रणालीमा धेरै आगाडी छौ तर कार्यान्यनमा लगभग सुन्य नै छ । कार्यान्यन भए यहि आस्पतालमा नर्स र पी. एच. डी. डा. मा केहि फरक हुन्न । यसलाई सुधार्न शिक्षा र उपचार दुवै निशुल्क हुन जरुरी छ । त्यो त खै ??