Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/09/241415232_226221229555485_1076029676508470093_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बालकुमारी टोल सुधार समिति बुढानिलकण्ठ १२ ले आज  बृहत रक्तदान गर्दै

कपन अनलाइन

काठमाडौँ,असोज २।   बुढानिलकण्ठ नगरपालिका वडा नं १२मा रहेको बालकुमारी टोल सुधार समितिले आज  बृहत रक्तदान गर्ने भएको छ। संबिधान दिवसको पुर्व सन्ध्यामा त्रि ज्योति माबीको प्राङ्गणमा बिहान ११ बजे देखि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न  आयोजकले अनुरोध गरेका छन।

कार्यक्रमको सहआयोजकको रुपमा  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ कपन होराइजन, लायन्स क्लब अफ काठमाडौं कपन, त्रि ज्योति माबी, हस्की क्याफे रहेको छ भने कार्यक्रमलाइ बुढानिलकण्ठ नगरपालिका वडा नं १२ले बिशेष सहयोग गरेको छ। त्यसै गइ कार्यक्रममा सहयोगी संस्थाको रुपमा नेपाल रेड क्रस सोसाईटी कपन उपशाखा युवा एकीकरण क्लब, हेलम्बु ड्राइभिङ सेन्टर रहेका छनरगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजना गर्न लागिएको उक्त  रक्तदान कार्यक्रममा इच्छुक स्वस्थ ब्यक्तिहरुलाइ रक्तदान गर्न आयोजकले अनुरोध गरेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।