गोकर्णेश्वरमा ४ वटा खोप केन्द्र बाट एस्ट्राजेनेका खोपको पहिला मात्रा लगाइने
कपन अनलाइन
काठमाडौँ, भाद्र ९। गोकर्णेश्वर नगरपालिकाको कोरोना बिरुद्दको एस्ट्राजेनेका खोपको पहिला मात्रा लगाउने बारे सार्वजनिक सुचना जारि गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको उक्त सुचनामा कोरोना भाइरस बिरुद्दको खोप नलगाएका १८ बर्ष भन्दा माथि उमेर भएका ब्यक्तिहरुलाइ २०७८ साल भाद्र १० गते बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म निम्न खोप केन्द्र बाट कोरोना बिरुद्दको एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइने भएको छ ।
खोप केन्द्रहरु
१) श्री सहयोगी माबी गोकर्णेश्वर ४ गोकर्ण
२) श्री शहरी स्वास्थ्य केन्द्र गोकर्णेश्वर ५ जोरपाटी
३) श्री चामुण्डा माबी गोकर्णेश्वर ६ नारायणटार
४) श्री अरुणोदय माबी गोकर्णेश्वर ९ आरुबारी
खोप सेवा लिन आउदा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रसाथमा लिएर आउन अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।