काभ्रे जिल्ला तेक्वान्दो संघको अध्यक्षमा केशव थापा

काभ्रे जिल्ला तेक्वान्दो संघको अध्यक्षमा केशव थापा

कपन अनलाइन

काठमाडौँ, भाद्र ९।

केशव थापालाई अध्यक्षमा निरन्तरता दिदै काभ्रे जिल्ला तेक्वान्दो संघको दोश्रो चुनावी साधारण सभाले १४ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।
उद्धव सापकाटो र अमृत हुमागाईं उपाध्यक्षमा चयन भए । रामकृष्ण घिमिरेले सचिव, दीपक थापाले सह–सचिव र रुपक ताम्राकारले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा दीपेन्द्र थापा, सुरज तामाङ, स्नेहा भेटवाल, चाँदनी पौडेल, सुनिल सापकोटा, विनोद थापा, मनोज सापकोटा, अमृत हुमागाईं र कृष्णप्रसाद घिमिरे रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।