गोसाईं कुण्ड : दिवाकरप्रसाद आचार्य (कविता )

गोसाईं कुण्ड : दिवाकरप्रसाद आचार्य (कविता )

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

हृतन्त्रीको तारमा कविताले स्पर्श गरे
झनन्न तारझन्के कविताका स्वर घन्के
स्वरलहरी स्नानगर्न गोसाईकुण्ड पुगे
जनैफेर्दै कविताले कुण्डमा स्नान गरे
गोसाईं कुण्ड–
आजत घाम लागेका छन् डाँडा काडा झल्केकाछन्
हिमाल टलक्कनै टल्केछन् गोसाईकुण्डले डाकेछन् ।।
यतिका ढाब्रे पाइलाले चन्दन बारी माथि कुल्चे छन्
लग्लग् ठक्ठक्काँप्दै गोसाईकुण्ड नुहाउन जाँदैछन् ।।
त्रिशूल धाराको पानीमा त्रिशूलीमा नुहाएर आएछन्
बेत्राबतीको कलकलसुन्दै धुन्छेतिरआईपुगेका रेछन् ।।
धुन्छेबाट मेलामा पसल राख्ने सेर्पिनी सँगै आएछन्
पानीजुका टासिएछन् टिमुर दलेपछि आँफै झरेछन् ।।
बिषफुलेको बास्नाले लेक लागी गोडाथरर्र काँपेछन्
लौरी बिनाकमा बासबसी गोसाई कुण्डमानै पुगेछन् ।
जनैपूर्णिमा नुहाउनलाई गोसाई कुण्ड आएका रेछन् ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।