पर्खिरहेछु त्यो दिन : पवन कुमार बुढाथोकी (कविता )

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

पर्खिरहेछु त्यो दिन
जुन दिन मेरो कुरा
मेरै लागि निरपेक्ष हुन्छ !
सरोकार राख्नेहरु मध्ये कोही
दिक्क भैसकेका हुन्छन
कोही जिन्दगी यस्तै रहेछ भनेर
अचेत शरीरलाई घेरेर बसेका हुन्छन !
तिनिहरुमै कोही परदेशमा
त कोही घरदेशमै होलान !
सम्भव पनि छैन
सबैका लागि त्यो क्षण
हेर्न र जुर्न !
कोही स्वः स्फुर्त त्यहाँ पुग्छ्न
कोही स्वार्थले त्यहाँ भेटिन्छ्न भने
बाध्यताले पनि धेरै हुतिन्छन् !
थाहा हुन्छ या हुँदैन्
हर तरहले सबै छोडेर
आफैले पालेका पोसेका
हुर्काएका बढाएका समेतले
त्यो अमुक क्षणलाई कसरि ब्यहोर्छन ?
झन्झट, बोझ ठान्छन्
या कर्तव्य, जिम्मेवारी सम्झिन्छ्न
अथवा त्यहाँबाट पनि जसोतसो गरी उम्कन्छन !
या मेरै पनि
जीवनको सत्य
अन्तिम गन्तव्य
यो र यस्तै हो भनि झस्किन्छन !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।