जलाएर मुटु : महेन्द्र चालिसे (गीत )

जलाएर मुटु : महेन्द्र चालिसे (गीत )

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

जलाएर मुटु म बाचिरहेछु
इसारामा तिम्रै म नाचिरहेछु
सपनासरी यो के पो भएछ
सफलतामा तिम्रो म हासीरहेछु ।

सपनामा देखी म तड्पि रहेछु
खरानीमा तस्बिर म खोजि रहेछु
मन भित्रभित्रै जलिनै रह्यो
मुटु भित्र चित्र सजाई रहेछु ।

जता तिमिले डुलायौ म त्यतै डुलेछु
तिम्रै अतितमा म पुरै झुलेछु
मृगतृष्णा तिम्रो मनैमा लिएर
जता तिमीले भुलायौ म म त्यतै भुलेछु ।

मुटुभरी विश्वास तिम्रै लिएर
अबिश्वास तिम्रो भुलाई दिएर
थरथरी मुटु कमाई रहेछु
म भित्रका आँसु सबै पिएर ।।

जलाएर मुटु म बाचिरहेछु
इसारामा तिम्रै म नाचिरहेछु
सपनासरी यो के पो भएछ
सफलतामा तिम्रो म हासीरहेछु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।