नसरेको फूल : अंशु भट्ट (नाटक)

नसरेको फूल : अंशु भट्ट (नाटक)

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ ३।

(दृश्य –१, सधैँँ झैँ विनिताका आँखाहरू त्यो भित्ताको घडिमा बारम्बार ठोक्की रह्यो । विनितालाई काखमा लिएर मुसारी रहने उनकी आमाको हातलाई बारम्बार हँटाएर उसका आँखाले भित्ताको घडिलाई निहाथ्र्ये । आमाले सधैँँँ झै उसको कपाल कोरीदिनु भयो, गाजल टिका लगाएर राम्री बनाइ दिनु भयो, अनि आफ्नो कपाल कोर्न थाल्नु भयो । उ बारम्बार अधीर हुँदै भित्तामा दैडीरहने घडिका सुइहरूलाई नियाली रहन्थ्यी, अनि कोठाको झ्याल बाहिर देखिने त्यो दोबाटोलाई । कति हेरीरहेकी त्यो घडि बल्ल १२ बँज्दैछ, आमालाई उसका आँखाहरू पढ्न आउथ्यो । बिहान देखि उसका आँखाहरू त्यहि भित्ताको घडिमा पुगीरहेका थिए । ४ बर्षकी पुच्ची उ घडि हेर्न नआए पनि उसको प्रतिक्षाको समाप्ती घडीको सुईकहाँ पुगेपछि हुँनेछ राम्रोसँग याद थियो । “आमा –– आमा, घडिको ब्याट्री सकिएछ के हो ? घडि निदाएको छ, सुईहरू कस्तो ढीलो चलेका छन्, (तोते, मिठासले भरीएको बोलीमा) ।”– आमा उसको अवोध आँखामा हेरेर मुस्कुराउँनु भयो “घडीको ब्याट्री होइन तेरो मन छिटो दैडेको छ त्यसैले त घडि ढिलो चले जस्तो लाग्यो तलाई । तेरो मनको तातो तापले घडिको सुईलाई ढिलो पारिरहेको छ, जस्तो गर्मीले चाँडो गइरहेको पानीलाई सुस्त बनाउँछ ।” उसले आमाका कुराहरू बुझिन बाहिर खैरे बुर्लुक्क बुर्लुक्क गर्दै उफर्दै आइपुग्यो, टाईगर उसको सातो लिदै भुक्न थाल्यो, खैरे डरले भाग्दै कोठा भित्रै आइपुग्यो ।
“तिमीलाई टाइगरले गाली ग¥यो हो ?” त्यति भन्दै उसले त्यसलाई काखमा उचाली, खैरो रंगको पाठो लामो, तनक्क परेको थियो । हेर्दैमा काखमा लिन मनलाई हाल्ने । झन विनिता त बाख्राका बच्चाबच्चिलाई बोकेर मात्रै हिँड्थ्यी । यसले पाठोलाई नियाउरो बनाउने भई, नबोक धेरै आमा कराउदैँ बाहिर निस्कनु भयो । तर, उसले खैरेलाई छोडीन उल्टो बेडमा च्यापेर सुती, खैरे पनि विनिता भनेसी भुतुक्कै हुन्थ्यो, शायद पशुलाई पनि मायाको खाँचो हुँदोरहेछ र माया गर्नेलाई चिन्दा रहेछन् । उ विनिताको काँखमा ठूसठूस गर्दै निदायो, विनिता मायाले भरिपूर्ण हुँदै उसलाई एकटकले निहार्दै बसी, पाठोलाई आफ्नो छातीमा जोड्दै उसको न्यानो सासको अनुभूति गर्दै, उसको तल माथि गरेको पेट, आनन्ददायीक रौंहरूलाई स्पर्श गर्दै टोलाई रही ।)
(दृश्य –२, विधार्थीहरूको ठुलो जमात कोलाहलको हाँसो, ठट्टा गर्दै घर अगाडिको आगनबाट जाँदै । होहल्लाले गर्दा भुसुक्कै निदाएकी विनिता विस्तारै उठी, आफुसँग सुतेको खैरे त्यँहा रहेनछ, उ उठेर हरेक कोठामा चिहाउँदै गाई गोठमा पुगी ।)
विनिता– “आमा हजि खोई, कता जानुभयो ?”
आमा – “आउँनुभको छैन, आउँदै हुनुहुन्छ होला । नजा त्यो तारेको छेउमा हान्छ त्यसले, आईज यता ।” (हात समातेर आफुतिर सार्दै ।)
विनिता – (मालिगाईको घाटीमा झुन्डिदैँ ।) “अनि हजि त साडे तिनमा आउने होइन त ? सबै दाई दिदी स्कुलबाट फर्किसके, किन आउँनु भएन हजि ? म लिन जाम हजिलाई ?”
आमा – “कति आतुरी भको यसलाई, आएपछि प्रसादी दिनुहुन्छ नि । अब, खाजा बनाउने आमा छोरीले मिलेर ।” ( गोठको काम सकेर हातखुट्टा धुँदै, विनिता निनाउरो अनुहार लिएर आमाको धोतिसमात्दै पछि पछि ….)
(भन्साकोठाको झ्यालबाट हजि आँउने बाटोमा आँखा घुमाउँदै) विनिता – “आमा, बा आउँनुभयो। म, बालाई लिन जाने ।”
(खाँदै गरेको मिश्रिको टूक्क्रा कड्ङ्ग पारी चबाउँदै, विना चप्पल बा तिर दौँडदै ।)
विनिता –“ बा, बा मलाई के ल्याई दिनुभो । (बाको हातलाई झड्का दिदैँ ।)
बा – “चड्कन ल्याएको छुँ खान्छेस ?” (मुस्कुराउँदै)
विनिता – “नाई” (मुन्टो हल्लाएर), “हजुरले त मलाई मायै गर्नुहुन्न, मलाई त हजिले मात्र माया गर्नुहुन्छ, म हजिलाई लिएर आँउँछु ।” (बाटोमा ठिङ्ग उभिएर लाँडिदै, हजि आउने बाटोमा जाने प्रयत्नमा)
बा – “जिद्दी गर्ने होइन होई नानि, हिँड खुरुक्क घर तिर आईहाल्नुहुन्छनि हजि आफ्नो समयमा ।” (अलि रुखो स्वरमा डराउन खोज्दै)
(हल्का रुखो स्वरले गर्दा जिद्दि स्वभावलाई छोडेर सँगै सँगै बाको हात समातेर घर फर्कँदै, पछाडि हजि आउने बाटो नजरले पच्छाउँदै ।)
विनिता– “म पनि जानी हजिको स्कुल, त्यहाँ कस्तो रमाइलो हुन्छ रे त । म सुतेर उठेर जान्छु नि है ?”
बा – “तिमी सानी छौ, तिमी हिँड्न सक्दीनौ उ पर छ, बाटामा खुट्टी दुख्यो भने नि, के गर्नेनी ? त्यँहा बा हुनुहुन्न तिम्रो खुट्टा मिचिदिने अनि तिमिलाई बोक्ने, हजिले तिमीलाई बोक्न सक्नुहुन्न ।”
विनिता – (निरास हुँदै) “अनि म हजिको स्कुल नजाने त, कहिल्यै ? नाई मलाई जान मन छ के ।” (अलि हटीलो स्वरमा)
बा – “ठुली भएसी जाने हजिको स्कुल, हजिको स्कुल जान त कति धेरै पढ्नुपर्छ । देखि छौ हजिले बिहान बिहान कति ठुल्लठुलो किताब पढ्नुहुन्छ, रामायण, महाभारत, गिता सब। तिमी त स्कुल पनि जान मान्दिँनौ अनि हजिको स्कुल कसरी जान्छौ त, त्यहाँका सरहरूले त कक्षाभित्रै जान दिनुहुन्न नि फेरी ।”
विनिता – “गुरु होला नी, सर रे (बालाई खित्क्याउँदै) हजुरले । धेरै पल्ट सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर, सुतेर उठेर (साश पुराउन नसकि नसकि तोते बोलीमा) म धेरै पढ्नेछु अनि हजिको स्कुल जान पाउँछु है । (अबोध अनुहारमा हजिसँगै स्कुल जाने सपना साकार हुँदाको यथार्थ विपनि भै झल्किन्थ्यो ।)
विनिता – (बाको हात फुत्काएर) “हजि आउँनु भो” (पर देखीएको आकृतितिर बेतोडले दौडदैँ अनि उत्सुकताले चिच्याउँदै) “हजि …. हजि…।”
विनिता – “मलाई प्रशादी” दुईहात थाप्दै ।
हजि – “बाटोमा पोको निकाल्ने होईन, घर गएर दिन्छु छड् ।” (हातको छडिले अगाडिको बाटो तय गर्दै ।)
(करिब ९० बर्षकी बृद्ध महिला, शिरदेखि पाउँसम्म पहेँलो बस्त्रले सजिसजाउ, सेतो दुधको जस्तो शरिर, करिब ५ फिटको उचाई, दाइने हातमा ठुलो छाता, छाताको डन्डिमा पहेँलो झोला, अर्को हातमा बाँसको लौरो । घण्टैको सत्संगको यात्रामा थकित शरीर लरवराउँदै थियो तर पनि मुखाकृतिमा सुमघुर मुस्कान । पलातिनिलाई डो¥याउँदै, ओल्लो पल्लो घरकालाई बोलाउँदै हजि अगाडि बढिरहिन । पछाडि पछाडि पलातिनि पच्याउँदै । मरठि, तुलसीको पात, चिनि, असुरोको पात बोकेर हिँड्ने हजिको सुवास्ना अरुको भन्दा निकै पृथक अनि आकर्षक थियो । हल्लदैँ पिडीको डिलमा बस्दै, आफ्नो थैली खोल्दै दुईटा मेवा र उखुको टुक्रा नातिनिको हातमा राख्दै ।)
हजि – “ला खा, आज प्रसाद नै थोरै थियो । कसैलाई नदिई ल्याईदिएको ।”
विनिता – (क्वाप्प प्रशाद मुखमा हाल्दै खैरेसँग बुर्कुशिमार्दै, हर्षले गद्गगद हुँदै । दिनभरको प्रतिक्षा, अधैर्यता शान्त परेर रमाउँदै)
आमा – “बल्ल आत्मा खुशीभयो १२ नबज्दै देखि हजिको बाटो हेरेको हे¥यै । कति महत्व त्यो प्रसादको घर भरि उँखु र मेवा छन् खाने होइन, त्यो दिनभरिको घाममा बिग्रिएको प्रसाद चाहिँ बिहान देखि कुरी कुरी खानु पर्ने ।” (करुवामा चिसापानी हजिलाई दिँदै)
बा– “आमा अब हजुर हिँड्न सक्नुहुन्न नजानुस सरसंगत । हेर शरीर थरथर अझै काप्दै छ । बुढेसकालमा कतै लडियो भने, कसले उठाँउँछ, अब घरै बस्नुस न । कम त छ बाटो, जान आउँनै ३ घण्टा बढिलाग्छ । अब तागत छैन, घर बस्नेलाई, स्कुलजाने सबलाई पिरलो ।”
हजि – “हिँड्नलाई के गर्नुपर्छ र लैरो अगाडि सारेसी त्यसै अगाडि पुगिन्छ, चाँहिदैन तागत सागत । मनमा बम्हाको नाम लियो लौरो अगाडि सा¥यो, सरसंगत पुगिहालिन्छ । घरमा बसिरहेर कुजिन्छ खुट्टा, अब मर्ने कहिले भनेर कुर्नेबेलामा सक्दो धर्म गर्नुपर्छ, बम्हासँग लिनहुँन कहाँ सजिलो छ र ।” (पिडिमै हातखुट्टा धुँदै)
(दृश्य –३, पिडिमा बसेर उसिनेको मकै खाँदै सबैजाना)
हजि – “यो मकै सिलैटोमा पिस्देत, अलि साह्रो रहेछ खाँन सकिन । (बातिर मकै तेरसाउँदै), दाँत नभएनि आँतलाई चाहियो, पिस्दे । (बा आँफले खादै गरेको छोडेर, मकै सिलौटोमा पिस्दै ।)
हजि – “ओई नानि जाँत ओम्खरामा पानी ल्याईज ।” ( पानीको ओम्खरा समात्दै, सरसंगतबाट ल्याएको फूल निकालेर राख्दै ।) ओझाकोबाट बल्लबल्ल ल्याएको लाहुरेको फूलको बिरुवा ।”
(विनिता, हजिले ल्याएको विरुवा सुम्सुम्याउँदै साइडमा उभिइदैँ)
हजि –“न सुम्सुम्या मर्छ बिरुवा, खाजा खाइसकेपछि सार्नुपर्छ फुलबारीमा ।”
बा – “हैन कति चाहिन्छ फूल घरै भरी फूलै फूलको बिरुवा छ, तरकारी किनेर खानु परेछ ? फूल भने सारेको सा¥यै । फूलको साटो तरकारी लगाउँनु नि ।”
हजुर – “फूलको सुगन्ध, भगवानको मन्दिर अनि धार्मिक वातावरण तब पो भगवानको कृपा प्राप्त हुन्छ । धर्म र धर्मकर्म जस्तो, जीवनको बगैंचामा सुगन्धित फूलहरूको समावेश हो, जसले भगवानको कृपा प्राप्त गर्न मद्दत गर्छ । खाली पैसो भनेको छ दौडेको छ, भोलिदेखि तँ पनि हिँड सरसंगत बुढेसकालमा मात्र होइन धर्मकर्ममा उमेर देखि नै लाग्नु पर्छ ।”
(हजि, पहेँलो बस्त्रले सजिसजाउ, पहेँलो टिका, टुट्टो पारेर काटिएको कपाल, साथमा मिश्रि, चक्लेट, काँचो घ्यु, घ्युकुमारीको समिश्रणको सुगन्ध। गोरो छाला, ठिक्कको जिउडाल, चट्ट सरसफाई गरेर बस्दा साँच्चै विश्व सुन्दरी देखिन्थिन् । बुढेसकालमा त्यो सुन्दर मुखाकृति, ठुलो गोलो अनुहार, चौडा निधार, ठुला गैतमबुदको जस्ता सर्लक्क कान, साच्चैँ नै ९० बर्षको उमेरमा उनि निकै सुन्दर थिइन् । उनी जति सुन्दर थिइन् त्यो भन्दा बढी धार्मिक र आस्तिक थिइन् । उनी हरेक कदम विचार गरेर चाल्थिन ताकी उनको पैतालाले कुनै किरा, कमिला नकुल्च्योस । उनि बिहान सुर्योदयसँगै उठेर नित्यकर्म गरेर, सम्पूर्ण सोह्र सृंगार सकेर उनको फूलको फूलबारीमा बेलुकी ओच्छ्याईएको केशरी कपडामा झरेका फूलहरू संगारेर तुलसिको मोठमा जप ध्यान गरेर, मन्दिरमा पूजा गर्थिन्। उनले कहिल्यै फूलका कोपिला टिपिनन् जब जब ति झरेका फूलहरू हुन्थेनन् तब फूलका पात पनि स्त्रोत पाठ गरेर मात्र टिप्थिन् । जब तिन घन्टाको पूजाआराधना सक्थिन् तब आफ्नै कोठाको ऐनामा हेर्दै नाच्थिन् ।
“कोहि पनि छैन मेरा नहेर राम रमिता”, उनि नाँच्थिन्, आफुहुँनुमा खुशी र सन्तुष्टियुक्त जीवनको लागि धन्यवाद दिँदै आफ्नो दैनिक कार्यहरूमा सम्मेलित हुन्थिन् ।”
हजि – “नानी गोबर लिएर आईज त फूल रोप्नजाम अब, घाम अस्तायो ।”
(हातमा सानो कुटो र फूलको हाँगा लिएर बिस्तारै बगैंचाको मध्यभागमा जाँदै, सानि नातिनी पछाडि पछाडि सानो भाँडोमा गोबर बोकेर दौडँदै, उनिहरूको नाता अचम्मको थियो । हजि र नातिनि मिलेर फूल सारे र निस्कँदै)
हजि – “सार्न मात्र पर्छ, विरुवा सरिहाल्छ, हेर्दाहेर्दै ढकमक्क फूल्छ पनि ।” (सानी नाँनीको आँखामा हेर्दै, सन्तुष्टिको मुस्कान हजिको अनुहारमा दौडियो)
(दृश्य –३, हजि साँझको सुर्यास्तको समयसँगै तुलसीको मोठमा पवित्र जल र कुशासन सहित पधार्दै, पछाडि पछाडि पलातिनी हजिको नक्कल उतार्दै आफ्नै जलधारीमा पवित्र जल बोकेर तुलसीको मोठमा बस्दै । जानी नजानी हजिको झै हातको चाल मिलाउँदै, मुखमा हेर्दै मन–मनमै हल्का मुख छोएर मन्त्र उच्चारण हजिले गरेझैँ गर्दै । पिढीमा आरामसँग काम सकेर बसेका बा, आमा नातिनीको चर्तिकलामा मग्नमुघ्द हुँदै,)
बा– “बुढेसकालमा बुढाबुढी केटाकेटी हुन्छन् भन्थे हो रहेछ, केटाकेटी र बुढाबुढी मिल्ने साथीहुँदा रहेछन् । लड्ने, झगड्ने सँगै उट्पट्याङ कुरा गर्ने, अब यो पूजा सकेर भजनकीर्तन सुरुहुन्छ एउटा गाँउने अर्को नाँच्ने, रमाइलो त हामी बुढाबुढीलाई पो छ त ।
आमा – “त्यो हजिको रुम छोड्दै छोड्दिन यसले, जति खेर भयो हजि कथा भन्दै वरीपरी घुमिरहन्छे । आज बिहान छोड् भन्दा नि छोडिनछे हजिलाई, हजि एकदिन काल आएसी तिमिले मलाई जतिनै समातेर राखे पनि म गईहाल्छु अहिले रोकेर के गर्छेस रे, अनि पलातिनिचाँही म कसेर राख्छु हजुरलाई, हजुर मेरो हजि हो त्यसै जसले पायो त्यसले लान पाँउँछ र ? रे (आँखा आँशु टल्काउँदै) एकदिन यो खुशी सकिने दिन पनि आँउछ । (दुवैको आँखा रसाएका थिए तर हजि र नातिनीको चर्तिकलामा मग्नमुघ्द पनि थिए ।)
(दृश्य –३, सबै परिवार जम्मा भएको अवसर
दुई नाती, दुई नातिनी बुहारी, छोरा बुहारी, नातिनी साँझपख तुलसिको मोठमा पुजा गर्दै गरेकी हजिलाई हेर्दै कुराकानी गर्दै ।)
ठुलोनाति – आज हजुरआमासँगै फूलबारी गाको के गर्नु हुन्छ भनेको त त्यो सारेको फूलको हाँगा उखेल्दै हुनुहुँदो रहेछ । के गर्नुभाको हजुरआमा भनेको “फूल सारेको दिन देखि चेक गरेको गर्है्यै छु १५ दिन भईसक्यो फूल सर्दैन भन्या के नटेरेको मलाई, म बुढि भनेर फूलले नि टेर्न छोड्यो घरकाले त टेरेनन् टेरेनन्”, भन्दै फूल बोकेर आउँनु भयो । दिन दिनै फूलको हाँगो उखेल्दै हेँर्दै फेरि गाड्दै गरेसी कसरी सर्छ त फूल । (हात टोक्दै) त्यसरिनि सर्छ त फूल भान्जि ? (सानि नानी तिर हेर्दै, सानी नानीले टाउँको सर्छ भन्दै हल्लाउँदै, सबै परिवार एकनासको कोलाहलको हाँसो हाँसे ।)
(दृश्य –४, हजि बगैँचाको गेटबाट बाहिरिदै)
हजि – “त्यसरी नी काहीँ फूल सर्छ भनेका होइनौ, हरियो भएर पलाको छ। मलाई त्यसै आफ्ना, आफ्ना मिलेर खित्याका थियौ नि । आखिरमा फूल सरी हाल्यो, अब अलि दिनमा ढकमक्क फूल्छ ।
(सबै परिवार अल्मल्ल परे, त्यसरी सँधैभरि उखेल्दै गाड्दै गरेर पनि फूल कसरी स¥यो, सब असमन्जस्यमा थिए। नातिनीले पुलुक्क आफ्नो बाको आँखामा हेरी, बा मुस्कुराउँदै परिवारको कुरामा तल्लिन हुनुभयो ।)
(दृश्य –५, हिजो बेलुकाको दृश्य)
बा साईकलमा घण्टी बजाउँदै परबाट आँउदै, सधैँँँझै नातिनी साईकललाई पच्याउँदै दौडिँदै,)
विनिता –“बा – मलाईके ल्याईदिनु भयो हजुरले ?”
(तोते बोलीमा लाडिँदै)
बा – “चक्लेट” (भन्दै हातमा चक्लेट राख्दीँदै)
विनिता – “अनि त्यो प्लास्टिकमा नि ?” (हात लम्काउँदै)
बा – “केही होईन, छड उता गएर बस ।” (सानो कुटो हातमा लिएर बगैँचातिर लम्किँदै, नातिनी पछाडि पछाडि काट्नु समात्दै, मुखसम्म पुग्नलाको सिगाँन तान्दै ।)
विनिता – “बा –हजि र मैले सारेको फूल किन उखेल्नु भाको ? कस्तो राम्रो फूल्छ ।”
बा – “यो मरिसक्यो, अब सर्दैन । दिनदिनै उखेलेर हेरेसी फूल कहाँ सर्छ त । (सुकेको हाँगो पटुकिमा राँख्दै) बाले ल्याएर सारेको हो फूल भनेर कसैलाई नभन्नुनी फेरि, सबैलाई भन्दै हिँड्लिस । यो कसले सारेको फूल सरेको हो ?” (आँखाको ताउ दिँदै)
विनिता – “हजिले ल्याएको फूल सरेको हो । हजुरले ल्याएर सार्नु भाको कुरा कसैलाई नभन्ने ।”
बा – “तिमीले भनीनौ भने म तिमीलाई धेरै चक्लेट किनिदिन्छु बजार लगेर, हुन्छ ?”
विनिता – “हुन्छ (मुन्टो हल्लाएर), तर हजुरले किन यसो गर्नु भाको त ? यसो गर्नाले के हुन्छ त ? हजुरले फूल ल्याएर सारेको भन्दा के बिग्रन्छ ?” (उसका अवोध मष्तिस्कका प्रश्नहरूको उत्सुकता अनुहारमा छरपष्ट सलवलाएका थिए ।)
बा – “प्रेम …. (नातिनीलाई मुस्कुराउँदै) प्रेम त हृदयको सूर्यजस्तै हो, विनिता। जस्तोसुकै बादलले ढाक्न खोजे पनि, त्यसको उज्यालो कहिल्यै निःशेष हुँदैन । (नातिनीले कुरा नबुझेर हेरेको अनुहारको भाव बुझेर) म तिमिलाई कति धेरै माया गर्छु थाहा छ । त्यति नै धेरै माया र सम्मान म मेरो आमालाई पनि गर्छु । निश्वार्थ प्रेम यस्तै हुन्छ, अरुले आफ्नालाई अपमान गर्दा चित्त दुख्छ । हिजो छोराले मेरो आमाको बुद्धीलाई खित्क्यो, मेरो मुखमा हाँसो भएपनि, मेरो चित्त चसक्क दुख्यो । थाहा छ यदि मैले आमाले ल्याएको फूल नसरे पनि आमालाई खुशी पार्न फूल ल्याएर सारीदिए भनेर भने भने मेरो मातृप्रेम र मेरो सबैले सम्मान गर्नेछन् तर मेरो आमाको सम्मान रहने छैन । अनि निश्चल प्रेम एउटा ढोङ्ग हुनेछ । साँचो प्रेममा सम्मान त्यति नै महत्वपूर्ण छ, जति बिरुवा बढ्नलाई पानी । जहाँ सम्मानको जरा छैन, त्यहाँ प्रेमको फुल कसरी फुल्न सक्छ ? साँचो प्रेममा सदैव सम्मान हुनेछ , जुन प्रेममा सम्मान छैन त्यो ्््््््््््क्षणभरमा टुट्ने छ या जिवनभर देखाबटिपनमा हराउँने छ। प्रेम त्यो होइन जँहा अरुको गल्तीलाई कोट्टाई कोट्टाई सबैमाझँ देखाईन्छ, सबैमाझ हाँस्यको पात्र बनाईन्छ, संसारले जे जसो भनेपनि भरोसा तब सम्म गरिन्छ जब सम्म प्रमाण फेला पार्न सँकिदैन । जिन्दगी शिशाको घर हो जँहा निश्चल प्रेम गर्नेहरू पर्दा बन्ने गर्दछन्, मजबुत दरबार बन्ने गर्दछन् ताकि बाहिरी कोहि व्यक्तिले त्यहाँ निहार्न नसकोस आफ्नो क्षेणभरको खुशी र माथि उट्ठने चाहामा ठुङ्गा फ्याक्न नसकोस । यो कलियुगहो यहाँ यस्तो निश्चल प्रेम पाउन गाह्रो छ तर पनि यस्ता व्यक्तिलाई चिन्नु आवश्यक छ । यँहा लाँखौको संख्यामा झुटो प्रेममा फसाई गाई मारेर कुकुर पोस्ने छन्, जसको भलो त हुँदैन तर पनि त्यस्ता मान्छेसँग जोगिनु पर्नेहुन्छ। आजको समयमा कसैमाथि भरोसा गर्न सकिदैँन जन्मदिने बाबुआमा न छोराछोरी, सब स्वार्थी छन् अरुको उदोगतिमा तमासा देखाएर आफ्नो नाममा दया, सम्मान र धन सबै राख्ने गर्दछन् । प्रेमलाई तिमीले प्रकृतिको नदीसँग तुलना गर्न सक्छौ । यो निरन्तर बगिरहन्छ, सधैँँँ ताजा र शुद्ध । तर जब यो नदीमा प्रदूषण मिसाइन्छ, यो विषाक्त बन्छ, ठीक त्यस्तै जब प्रेममा स्वार्थ मिसाइन्छ, प्रेम निश्चल रहँदैन। त्यसैले निश्चल माया गर्नेलाई चिन्नुपर्छ र यी खोक्रो मायाको जालबाट निस्कनु पर्दछ ।
विनिता – (वाल्ल पर्दै बाको अनुहारमा एकोहोरो हेरीरहन्छे।)
बा– “थाहा छ, तिमी सानी छौ, तिमीले मेरो केहीकुरा बुझिनौ तर तिम्रो स्मरण शक्ति तिक्ष्ण छ, र तिमी भरोसा गर्न लायक पनि, एकदिन जब तिमी ठुलि हुनेछौ अनि मेरा यी कुराहरू सम्झेर अर्थ लगाउ सक्ने हुनेछौ । त्यस समय मेरा यी वाणीहरूले तिमीलाई निश्चल प्रेम गर्नेहरूसँग परिचित र प्रेमको मुखौटो ओड्नेहरूबाट बचाउँने छ । समयले तिमीलाई सबै कुरा बुझाइदिनेछ, विनिता । तर याद राख, जीवनमा जसको माया साँचो हुन्छ, त्यो कहिल्यै नटुट्ने धरोहर हुन्छ । अनि जसको माया स्वार्थमा लुकेको हुन्छ, त्यो तितोपनले भरिएको एउटा सपना मात्र हुनेछ । सधैँँँ आफ्नो मनको आवाज सुनेर प्रेम गर, र सबैभन्दा पहिले आफूलाई सम्मान गर्न सिक । किनभने जब तिमी आफैंलाई सम्मान गर्छौ, तब मात्र अरुको प्रेम र सम्मानको साँचो अर्थ बुझ्न सकिन्छ ।“
विनिता– “बा हजूरले मलाई कति माया गर्नुहुन्छ ?”
(विनिताको प्रश्नसँगै बाले उसलाई काखमा बोक्नुहुन्छ अनि निरन्तर अगाडि बढ्नुहुन्छ ।)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।