गजल : लक्ष्मी स्मृति

गजल : लक्ष्मी स्मृति

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ ३।

राखेर दिलमा लुकाउनु पर्दैन ।
मायाँमा शिर झुकाउनु पर्दैन ।

बोली हुन्छ सबैभन्दा बिझाउने,
घाईते हुन्जेल मन उकाउनु पर्दैन ।

हौसला दिनु नि हित चिताउनेले,
देखावटि मुल्य चुकाउनु पर्दैन ।

आँखाको भाकैले बुझिन्छ प्रिती
छाती खोलेर फुकाउनु पर्दैन ।

जोरजाम गर्दैछु प्रिया तिम्रै लागि
बुनेका रहरहरू सुकाउनु पर्दैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।