गधाझैँ मिहिनेती नेता : विश्वजित गुप्ता (विशाल)
कपन अनलाइन
काठमाण्डौ, जेष्ठ ३।
दिनरात गधाझैँ मिहिनेत गर्ने,
अनि कौवाजस्तै चङ्ख भएर,
विकासमूलक गतिविधिहरूलाई,
ख्यालमा राखि,
सुदामासदृश हाम्रो देशलाई,
कुबेरसमान बनाउन,
प्रयत्नशीलसमेत हुने,
बहुप्रतिभाशाली,
नेताज्यूहरूलाई सलाम छ ।
कुकुरले भुकेकोभन्दा,
धेरै फरक तरिकाले,
उखानसहितको सिद्ध,
भाषण ठोक्ने र
केवल सम्भावित खालका,
साकारात्मक परिवर्तनहरूको,
विषयमा बोल्ने,
अनि गतिशील नेतृत्व गर्ने,
तीखो बुद्धि भएका,
नेताजीहरूलाई आदर छ ।
कतै रेलैरेल त कतै,
अनगन्ती पानीजहाजहरू र
घरघरमा ग्याँस सिलिन्डरहरू,
न त कुनै आन्दोलन,
न कतै कुनै होहल्ला,
सर्वत्र छ त मात्र,
शान्त पर्यावरण,
हो, यीपनि चरम प्रगतिका,
दृष्टान्तहरू नै हुन् ।
यस्तो वातावरण सिर्जना गर्न,
भूमिका खेल्ने,
सर्वतोमुखि एवम् माननीय,
नेताज्यूहरूलाई सम्मान छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।