मेलम्चीको पानी : मुक्तिनाथ शर्मा
कपन अनलाइन
काठमाण्डौ ,असार २१।
काठमाण्डौमा पिउने पानीको अभाव भएकोले अब मेलम्चीको पानी सुरुङ मार्गबाट ल्याई काठमाण्डौ उपत्यकामा छिराउने भनिएको झन्नै पचास बर्ष हुन लाग्यो । योजना बनाउने निर्णय लिने तथा कार्यान्वयन गर्ने आदिमा धेरै समय खर्चभयो । कार्यान्वयन यति ढिलो भयो कि यसको हिडाइ चिप्ले किराको गतिमा घिस्रिएको हो भन्न सायद हिचकिचाउन नपर्ला । अन्ततोगत्वा एक पटक ह्वाल्ल जस्तै गरेर त्यो पानी काठमाण्डौ उपत्यकामा छिराइयो पनि । त्यतिबेला काठमाण्डौका जनता खुसी अवस्या भए । नेताजीको फुक्र्याइ पनि राम्रै भएको हो । तर त्यो खुसी रहिरहन पाएन । पानी योजना अलपत्रै रह्यो । पिउने पानीको समस्या मेलम्चीको पानी आउनु भन्दा अघिको स्थिति जस्तो सम्म पनि रहेन । झन बिकराल रह्यो । सरकारी सूचना नै भन्दै छ अमुक टोलमा बार दिनको एकपटक थोरै पानी दिइने छ । यो कलमधारीका टोलमा अहिले हप्ताको एकपटक आइतबार बिहान पाँच बजे देखि ६ बजेसम्म एक घण्टा दिइने गरेको छ ।
भन्न वा लेख्नै पर्दैन पिउने पानी घण्टा घण्टामा चाहिने बिषय हो । अब तीन महिना दिन सकिदैन, बार दिनमा एक पटक केही दिइन्छ, सात दिनमा एक पटक एक घण्टा दिइन्छ भन्नु लाजमर्दो बिषय हो । तर यहा त्यसो भन्न वा गर्न लाजै मानिदैन । नेपालमा खानेपानीको अभाव कही कतै पनि हुन नहुने हो । किन भने यहाँ पिउिने पानी प्रसस्त छ । समय समयमा बर्षा हुन्छ । मिलाएर उपभोग गर्ने कला भने हामीले सिक्नै पर्छ ।
काठमाण्डौ उपत्यकाको स्वरुप यस्तो छ यसका ओरिपरी अग्ला पाहाड छन । डाँडाका ठाउँ ठाउँमा कलकल बगिरहने पानीका स्रोत वा मूल छन र तिनले बनाएका खोल्सी वा खोला छन । बर्षा मा त उपत्यकाले धान्न नसक्ने गरी पानी उर्लन्छ । यि सबै स्रोतबाट पानी ंसंकलन गर्दा ठूलो जलसागर हुन सक्छ । त्यो पानी सुख्खा याममा वितरण गर्न सकिन्छ । पिउने पानी नपाएर काकाकुल हुन पर्दैन । यतातिर हाम्रो ध्यान गएन । उपत्यका बाहिर बगेको मेलम्ची नदीको पानी ल्याउने तिर हाम्रा आँखा गए । अप्ठेरो काममा हामी फस्यौं ।
यस बिषयलाई लिएर धेरै विद्वानले बिचार राखेका छन् । यस्तै बिचार मनन गरी आप्mनु ब्रह्मले देखेको कुरा यो कलमधारीले पनि गर्दै आएको हो । यस बिषयका केही लेख यहाँका पत्रपत्रिकामा छापिएका पनि हुन । तर त्यता तिर सम्बन्धित महानुभावको ध्यान गएन । मेलम्ची तिर लागियो समस्या बिकराल हुन गयो । मेलम्ची खाने पानी योजनामा अथाह धनरासी स्वाहा पारियो । समय पनि धेरै गयो । समस्या जस्ताको तस्तै अझ भनौं कठीन रूपमा रह्यो ।
मेलम्ची खाने अर्थात पिउने पानी योजना दिगो, भरपर्दौ र सोचेजस्तो सजिलो हुदै हुदैन । कहिले नदीमा बाडी आउछ पानी बन्द । कहिले कतै पहिरो जान्छ पानी ठप्प । कहिले सुरुङमा सानु अवरोध आउँछ प्राविधिकको अभाव हुन्छ समस्या आउँछ । यस्ता अप्ठेरा आइरहन्छन् । पानी तिर्खा रोकिदैन । हामी पीडित भैरहनु पर्छ । अतः यस बिसयमा गम्भीरतापूर्वक सोच्न परेको अवस्था छ ।
अहिले एउटा प्रस्ताव राख्न यो कलम चाहिरहेको छ । त्यो के भने यहाँ पानी संकलन केन्द्र ठाउँ ठाउँमा हुनु पर्छ । ती केन्द्रमा बर्षाको पानी संकलन गर्ने गर्नु पर्छ । अभावका बखत त्यो पानी बितरण गर्ने व्यवस्था हुनुपर्छ । मेलम्चीको पानी पनि त्यस्ता वितरण केन्द्र अर्थात संकलन केन्दमा जम्मा गर्ने व्यवस्था हुनु पर्ने देखिन्छ । यसरि जम्मा भएको पानी बजारमा बितरण गर्न सकिने हुदा यसको साँगा मिलाउन पर्दछ ।
यस बिषयको मेरो एउटा संस्मरण यहाँ राख्न उपयुक्त होला जस्तो लाग्यो । यो स्मरण सन १९९६को हो । संयोगले त्यतिबेला म लन्डनमा थिएँ । त्यहा मैले बेलायतको पिउने पानी बितरण तथा संकलन अध्ययन गर्ने सुअवसर पाएँ । मैले देखेको कुरा लेखेर यहाँका पत्रिकामा पठाएँ । यहाँको प्रसिद्ध साप्ताहिक पत्रिका “युग सम्वाद”ले प्रकाशनमा ल्यायो । पछि मैले त्यो स्मरण सहित केही निवन्धलाई पुस्तकको रूपमा प्रकाशित पनि गराएँ । त्यो पुस्तकको नाम हो ‘काठमान्डौदेखि लन्डनसम्म’ त्यो पुस्तकको एउटा टुक्रा यस्तो छ ः–थेम्सकोर्ट वा भठ्ठी पसल वा होटेलबाट हामी फक्र्यौं । डा. ढुङ्गाना (बिनोद ढुङ्गाना)ले आप्mनु गाडीलाई बिस्तारै बढाउदै भन्नुभयो ‘अब अबेरै भए पनि पानी पोखरी हेरौं ।’
पोखरी भनेको सुन्दा नेपालका ठाउँ ठाउँमा हुने साना पोखरीको कल्पना गर्न पुगेको थिएँ म । डा. ढुङ्गानाले त्यहाँ पु¥याए पछि देखियो ती त सरोवर पो रहेछन । दुइटा सरोवरका बिचमा हामी पुग्यौं । अरु यस्ता दुइटा छन भन्नुभयो ढुङ्गानाजीले । ती सरोवरहरू लन्डन बासीका अमृत भण्डार रहेछन । त्यही बाट बितरण हुुदो रहेछ त्यहाँका लागि पिउने पानी । तिनीहरूको विशालता आँकलन गर्न नसकिएको भएपनि उता प र कता कता खम्बामा बलेका बिजुली बत्तीका बलबहरू हेरेर अन्दाज गर्दा सयौं एकड जमिनमा निर्मित पोखरी हुुन ती जस्तो लाग्यो । मिनेट मिनेटमा आएका पानीका छालहरूले जलरासीको असिमीतता बताएकै हो । ती पोखरीहरू हेरेपछि मैले काठमाण्डौको खानेपानी समस्या समाधानार्थ बनाइन पर्ने जलसरोवर बिषयमा आफैले लेखी प्रकाशित गराएका लेख रचना सम्झें ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक