माननीय ज्यू : विक्रम श्रेष्ठ ‘सागर’
कपन अनलाइन
काठमाण्डौ ,असार २१।
(कपन बानेश्वर साहित्यिक साप्ताहिकका प्रकाशक, सम्पादक निबन्ध आचार्यले रिचभिजन सिनेम्याक्स स्टुडियोको सहकार्यमा सन्देशमूलक चलचित्र अटिजम निर्माण गर्नुभएको थियो । पहिलो गाँसमै ढुङ्गा भने झैं कोरोना महामारीको कारण प्रदर्शन हुन सकेन । एउटा विशेष प्रदर्शन गरेर करिब पाँच सय दर्शकलाई देखाउँदा अधिकांशले राम्रो मान्नु भएकोले अर्को चलचित्र निर्माणमा पहिलेकै समुहबाट बनाउने क्रममा माननीय ज्यू नाम जुरेको छ । यसको कथासार यहाँ प्रस्तुत गर्दैछौं । हुनत महामारीले सबै क्षेत्र डुबाएको छ । त्यसमाथि पनि चलचित्र क्षेत्र तहस नहस नै भएको छ । भुकम्पले भत्काएको धरहरा झन् ठूलो भएर ठडियो भने यो क्षेत्र पनि अवश्य अगाडि बढ्नेछ भन्ने सन्देशको लागि पनि यो प्रयास भएको हो ।)
प्राध्यापक शिक्षक रामप्रसााद :
ईमान्दार तथा कर्तव्यनिष्ठ शिक्षक हुनुका साथै कवि तथा सााहित्यकार देशमा केही गर्नुपर्छ, देशले के दियो÷के दिन्छ नभनी देशलाइ के दिन सकिन्छ भन्ने सोच राखी अगाडि बढिरहने बौद्धिक ज्ञानका धनी तर गरिबीको रेखामुनी व्यतीत जीवन सङ्गै श्रीमती, एक छोरी र एक अटिजम पीडित छोराका साथमा रामप्रसाद कवि काठमाण्डौको बसाइ गरिरहेका हुन्छन । कलेजका प्राध्यापक शिक्षक रामप्रसाद आफ्ना बिधार्थीलाइ उमेर छँदै आदर्शवान र सकारात्मक भै सम्भावनालाइ सम्भव बनाउने प्रयास गर्नु पर्दछ भन्नेबारे प्रेरणा दिनु हुन्छ ।
जीवनको हरेक उतार चढावलाई आत्मसात गर्दै आफ्नो आदर्श, ईमान्दारीता र कर्तव्यप्रति वफादार रहदै शिक्षा तथा साहित्यिक पर्यटन विकासपथमा लागि परिरहनु भएका राम प्रसाद कविले आफ्नो घर परिवार साथीभाइहरुको साथ र सहयोगबाट स्कुलको फाउण्डर मेम्ब भई राष्ट्रप्रतिको वफादारीमा राष्ट्रिय स्तम्भ कायम गर्न सफल हुन्छन् ।
माननीय सांसद रामेश्वर ः
राष्ट्र हित र जनताको भावना बुझ्ने कुशल राजनितिज्ञ माननीय साम्सद रामेश्वर निहित स्वार्थ भन्दा माथी उठेर कार्य गर्नु पर्दछ भन्ने सोच राखी, कागजी योजना परियोजनामा बिश्वास नराखि स्थानीय स्तरबाट नै बिकाश कार्यको सम्भावनालाइ सम्भव बनाउन प्रयासरत ईमान्दार साम्सद विकाशका लागि कुरा होइन काम अत्यावश्यक रहेकोमा विश्वास गर्नु हुन्छ ।
ठेकेदार गोबिन्द (खलनायक)
निहित स्वार्थ सिद्धीका लागि आवश्यकता अनुसा देशका उच्च पदस्थ व्यक्तिहरुसँग बलियो साँठगाँठ राखि देशको नियम कानून मिच्दै कमाएको धनले गाडी चडी हिड्दा ठेकेदार गोबिन्दलाई कक्षा ८ फेल कसैले भन्दैनथ्यो ।
टोल छिमेकमा जालझेल गर्दै डाँकोले जित्ने, आफ्नो मतलबका लागि चिप्ला कुरा गरी गोडा मल्न पनि पछि नपर्ने, विवेकहिन व्यक्तित्वका धनी, कुकर्मका माहिर ठेकदार गोबिन्द समय सङगै नैतिक आदर्शवान शिक्षक राम प्रसादका बिधार्थी आफ्नो छोरा मोहकका कारण सुध्रिन्छन ।
यही बिच शिक्षक रामप्रसाद माननीय सांसद रामेश्व। बीच सैद्धान्तिक मेल र एक अर्का प्रति भावनात्मक सत्कार सम्मान रहेता पनि व्यक्तिगत रुपमा प्रत्यक्ष भेटघाट भने छोरा राकेश र आष्माको कारण हुन्छ र एउटै सिदान्त र सोच, विचार, राष्ट्रभाव र विद्धताका कारण रामप्रसाद रामेश्वबीच सहकार्य बद्दो हुन्छ । ठेकेदार गोबिन्द पनि आफ्नो कार्य हिनता बोध गर्दै छोरा मोहकको सोच विचारप्रति आकर्षित भई सहकार्य गर्ने अठोटका साथ अगाडी बद्छ ।
अन्तमा,
राकेश, आष्मा, मोहक र एन्जिला मिलेर देश विकासपथमा लागि परेका आफ्ना छोराछोरीहरुको कृषि औधोगिक व्यवशायमा आ–आफ्नो अभिभावकत्व वहन गरी यथासक्य सहकार्य गर्दै देशलाई कृषि प्रधान, आयातमुखी नेपाललाई निर्यातमुखी लगायत देशको बेरोजगारी समस्या तथा विशेष परिस्थितीका कारण विदेशिन बाध्य भएका युवा जनशक्तिलाइ स्वदेशमै व्यवस्थापन गर्ने गराउने कार्यमा ‘सम्भावनालाइ सम्भव बनाऔं’ भन्ने नारा सहित सबैजना लागि पर्दछन् । सम्भावनालाई सम्भव बनाउने सबैको प्रयासबाट देशमा समुन्नतीको बाटो पहिल्याउन सफल हुन्छ ।)