शिक्षा र जीवन : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,असार २१।
मानव समाजमा सारै खतरनाक महाशत्रुहरु मध्ये प्रमुख हुन अशिक्षा र अज्ञानता अनि गरिबी र रोग । अशिक्षा र अज्ञानता अनगिन्ती अनर्थहरुका साथै गरिबी र रोगका पनि जन्म दाता हुन् । मानिसका लागि शिक्षा र ज्ञानको ज्योतिर्मय प्रदेश तिर उक्लने सोपान नै साक्षरता हो । यस संसारमा प्रत्येक मानिस केही न केही शक्ति र पवृति अवश्य लिएर जन्मेका हुन्छन पुर्व जन्मार्जित संस्कारले होस वा वंश परम्परागत सस्कारले होस् । यी शक्ति र प्रबृतिहरु सबै मानिसमा भिन्नभिन्न प्रकारमा हुन्छन अनि यसलाई नयाँ सस्कारद्वारा बढाइन्छ ।
यो नयाँ सस्कारद्वारा बनाएर मनुष्यहरुको स्वाभाविक प्रवृती र शक्तिलाई जीवन संग्रामको योग्य बनाउनुलाई नै शिक्षा भनिन्छ । ‘चरित्र निर्माण गर्नु नै शिक्षाको वास्तविक लक्ष्य हो ।’ शिक्षा दिदा मनोबैज्ञानिक पट्टि बढी ध्यान दिनुपर्दछ । साथै आत्मा शिक्षामा बढी जोड दिनु आवश्यक छ ।
जसले गर्दा ऊ आफै ज्ञान उपार्जन गर्न सक्षम होस् र यसको लागि उसलाई शिक्षा सम्बन्धि प्रशस्त स्वतन्त्रता दिनु आवश्यक छ । कैयौं विद्वानहरुले शिक्षाको ब्याख्या अनेक प्रकारले गरेका छन् तापनी शिक्षा त्यसलाई भन्नु बेश छ जसबाट मनुष्यको मानसिक नैतिक र शारीरिक शक्तिहरु सम्बन्धित हुन्छन् । मानिसलाई पूर्ण मनुष्य बनाउनु नै शिक्षाको खास उदेश्य हो । पूर्ण मनुष्य त्यसलाई भनिन्छ जसको शरीर र मन बलवान् भएझैँ आत्मा पनि बलवान् होस् । उत्तम बीजलाई सफल वृक्ष बनाउन उपयुक्त जलबायु असल मल र प्रर्याप्त पानीको आवश्यकता भए झैँ जीवन संग्राममा सफलता प्राप्त गर्न असल शिक्षाको जरुरत छ । शिक्षा केवल पाठशालामा मात्र होइन सम्पूर्ण जीवन नै शिक्षालय हो । त्यसकारण ९ऋजबचष्तथ दभनष्लक बत जयmभ० दान घरैमा सुरु हुन्छ । तर बाल्यकालको संस्कार अति प्रबल हुन्छ, जबकी अन्त्यमा सुख र दुःखको कारण बन्न सक्छ ।
माताा पिता गुरु अनि सज्जनबाट अनेकौं उपदेश पाएर मिथ्या भाषण, परनिन्दा, नैतिक पतन, प्रताडना जस्ता अबगुणलाई छोडन सक्दैन भने त्यस्ताले शिक्षा पाउनु व्यर्थ छ । बरु ती अशिक्षित नै शिक्षित हुन जो नैतिक गुण र नीतिका खानी हुन्छन । हाम्रो शिक्षा त्यस्तो हुनुपर्छ जसबाट हामीमा मौलिकता आवस । हाम्रो ज्ञान सजीव बिरुवा समान फल्न, फुल्न सकोस । त्यो हाम्रो मानसिक संस्थानको अङ्गा हो । परिक्षा पास गरेको चार दिनमै ओईलाएर जाने नहोस । हामीलाई त्यस शिक्षाको आवश्यकता छ जसद्वारा भाषामा शक्ति उत्पन्न होस् । हाम्रो चरित्रमा बल आवस शरीर हृष्टपुष्ट होस अनि सकृय पनि होस् । हामी सबैसँग प्रेमपूर्ण व्यवहार गर्न सकौ समाजको । जीवन सुखी तुल्याउन सकौं र स्वतन्त्रता पुर्वक आजीविका उपार्जन गर्न सकौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक