भ्रष्टाचार नियन्त्रणमा आमसंचारको भूमिका

कपन अनलाइन 

काठमाडौं, असार १२/ अमर प्रकाश तिवारी 

भ्रष्टाचार र राजनीति फरक विषय हुन् र यो बिषयलाई आम संचारले कसरी समेटेको छ भन्ने कुरो महतो पूर्ण हुन्छ । आहिले पछिल्लो चरणमा संचार माध्यामका प्रस्तुतिहरु द्रुतगतिमा लोकप्रियता हुनुका साथै यो आत्यधिक भाइरल भई कहिले काही राज्य ब्यबस्थामा हलचल नै ल्याईदिन्छ । अहिले नेपाल लगायत विश्वका धेरै मुलुकहरूमा भ्रष्टाचार र राजनीति एक आपसमा सामुहिक रूपमा एउटै जस्ता देखिएका छन् र यस्ता पक्षलाई लिएर आमसंचार के कसरी समाचार सम्प्रेषण गरिएको छ भन्ने कुरो जन चासो बिषय हुन सक्छ । केहि वर्ष अगाडी देखिएको सून काण्ड त्यस पछि को घटनाक्रमलाई गहिरीएर नियाल्दा बिकराल रुप हुदै देश कै ठुलो माछो पर्ने सांकेतिक भाषा प्रयोग गर्दै नेता सम्मका नाम मुछिएको थियो ।

अनन्तमा एकहाद हत्याका घटना पश्चात यत्रो काण्ड सेलायो । जनताको नजरमा त्यो घटना अझै ताजै छ भने आमसंचारको स्थानमा, त्यो घटनाको स्थान घट्दै गएपछि हाल त्यो घटना रहस्यमय भयो र अन्त्यमा सेलायो । अझै न्याकिक निर्णय नआउन्जेल या भनु यसको मुद्धा किनारा नलागुन जेल लगातार आमसंचारले यसको स्थान सुरक्षित गरेको भए अहिले सम्म यो सुन काण्डको न्यायिक फैसला आइसक्थ्यो भन्ने आनुमान गर्न सकिन्छ । त्यस्तै यता राजनीतिक संरक्षण बिनाको भ्रष्टाचार र भ्रष्टाचार बिनाको सफल राजनीतिज्ञ आहिले अलि असहज देखिदै आएको छ । जुन उदहारण हेर्दा पनि हुन्छ, चाहे त्यो धमिरा काण्ड होस् या पछिल्लो चरणमा कोरोना प्रहरमा औषधी खरिद प्रकरण होस ।

दमदार स्थलगत समाचार सम्प्रेषण ले पनि बेथिति को राजनीतिलाई मूल मार्गमा ल्याउन सक्छ भने भ्रष्टाचार न्युनिकरणमा मद्दत पुग्छ । तर त्यस्ता समाचार के कसरी सम्प्रेषण भएको छ भन्ने कुरो मुख्य हो । सबै समचारले यस्ता घटना निस्पक्ष तबरले नसमेटिएकोले, यसको मूल बिषय मोडिन गइ घटना अन्तै तिर जान सक्छ । ललिता निवासको काण्डमा, श्री युक्त प्रसाद को मृत्यु या हत्या पश्चात आचानक सेलायो । यो आमसंचारमा माहिनौ दिन सम्म प्रमुख समाचार बन्यो, घटनाको पूर्ण न्यायिक निर्णय नाआउदै फेरि सेलायो । निश्कलंक राजनीति, व्यापक भ्रस्टाचार अहिले जनमानसको कल्पना भन्दा बाहिर रहेको छ । यो यति धेरै बिकराल छ कि यसको अध्यन र सम्प्रेषणले लगभग देशकै उच्च राज्नैतिज्ञ पनि भोलिका दिनमा कठघरामा जान सक्छन । नेपालको सन्दर्भमा व्याप्त भ्रष्टाचार के कारणले हुन्छ, अपराधिक घटना किन हुन्छ र समाधान सम्म पुग्नै लाग्दा किन सेलाउछ भन्ने खोजीकै बिषय हो । ठुलो ब्यानरमा घटनाको हेडलाइन दिइन्छ, चारै तिरबाट मुल्याकंग गरिन्छ ।

लगभग सवाददाता दोषीको नाजिकै पुग्न खोज्छ, भोलिको समाचारमा घटनाको दोषी पुष्टी हुने आशाले त्यही समाचार खोजि गरिन्छ, सबै तिर हेरिन्छ, अन्त त्यो घटनाको समाचार त्यतै हराउछ, यता पाठक कुरेको कुरै उता आपरधिको सफाया पाइसकेको हुन्छ । कहानेर हामी यो सूचना सम्प्रेषण गर्नमा चुक्छ, पत्तै हुँदैन । सञ्चर साधनकै कुरो छिल्लो चरणमा समाजमा धेरै मानिसहरु सूचनाकै लागि पनि अनेकौ संचार माध्याम मध्ये पनि मोबाइललाई बिशेष प्राथमिकतामा राखेको पाइन्छ । मोबईलले उनीहरुलाई आफ्नु छरछिमेकी देखि बिश्व ब्रहमाण्ड सम्मका कुराहरु कहाँ के भै रहेको छ भन्ने जानकारी दिन्छ । हरेक घटनाको जानकार हरेक व्यक्ति भएका हुन्छन ।

राष्ट्रिय राजनीति, सामाजिक परिबेस, बिश्व संदेश, र साथै टोल छिमेकीमा के घटना भयो सम्मका महत्वपूर्ण बिषयमा आम संचारले सूचना सम्पेषण गरिरहेको हुन्छ । त्यसैले सम्प्रेषण र विषयवस्तु चयनमा विशेष ध्यान दिनु पर्छ । त्यस्ता सूचना मध्ये पनि कुन सूचना प्रथामिकतामा पर्ने हो र कुन सुचनाको घटनाको अन्त्य सम्म प्रसारण गरिनु पर्छ भन्ने कुरो आमसंचार माध्यमको आन्तरिक नीति नियममा पर्ला तर त्यस भन्दा बहायक पनि नैतिक जिम्बेवारी, घटना क्रम ले त्यस्तै सूचना कहाँ सम्म र कहिले सम्म सम्प्रेषण गर्ने कुरो हो, त्यसको आधिकार संचारगृहकै हो । यद्यपी, सूचना सम्प्रेषणकै जिम्मेवारी पाइसकेपछि त्यसको निरन्तर प्रस्तुतिमा बिशेष महत्व दिनु पनि संचार कर्मिको जिम्वारी हुन आउछ ।

सूचना सम्प्रेषण मा पनि बहायस भइ सम्प्रेषित सूचना मोडिने स्थित पनि आएको पाइन्छ । भ्रष्टाचार छोप्नको लागि सूचना बंगग्याइएको हो भने पनि त्यो भ्रष्टाचार भित्र नै पर्छ । चुनाबको समयमा गरिने समाचार सम्प्रेषणले कुनै एक पक्षमा जनमत ल्याउने किसिमको सम्प्रेषण पनि भ्रष्टाचारको पहली कदम होइन भन्न सकिदैन । हामीले हेर्दै र बुझ्दै आएको धेरै समाचार सुचनामा सानातिना भ्रष्टाचारीहरु बाहेक ठुला भ्रष्टाचारीहरु कारवाहीमा परेका समाचार एकदमै कम मात्रामा सुन्न, देख्न पाउँछौं। यसको मुख्य कारण भनेको राजनीतिक संरक्षण, एक हो भने दोस्रो निस्पक्ष समाचार सम्प्रेषण पनि हो । कानुनी दाउपेज त एउटा हो नै त्यस भन्दा बहायक, प्रमाण संकलनमा आनियामिताता, प्रविधिको गडबडी जस्ता अन्य पक्ष ले पनि भ्रष्टाचारीलाई संरक्षण गर्दै आएको छ ।

आमसंचारमा यसको निरन्तरतामा कहिले काही निर्दोष कारवाही हुन बाट बच्न पनि सक्छन । त्यसैले यहाँ कतिपय दण्डित हुनुपर्ने व्यक्तिहरू समाजमा खुलेआम मात्र हिडिरहेका छैनन्, कसैले त सरकारी नियुक्ति समेत खान भ्याईरहेका छन् । सरकारी नियुक्ति मात्र नभएर कोहि त भर्खरै मन्त्रि समेत भएका छन् । पहुँच र पावर भएमा जस्तोसुकै दण्डनीय अपराध गरेपनि उन्मुक्ति पाइन्छ भन्ने कुरोमा अहिले देश दौडिरहेको छ भने मुलुक भ्रष्टाचार लिप्त भएको छ । राजनीतिले सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासको परिकल्पना गर्छ र त्यसै अनुरुप नीति निर्माण गर्छ। तर हाम्रो देशको राजनीति, भ्रष्टाचारको जालोभित्र बेरिएर कमाईखाने भाँडो बनेको छ। तेस्तै कतै जानीजानी लुकाइएका यस्तै सुचनाले राजनीति, भ्रष्टाचारसंग अनैतिक सम्बन्ध गाँस्न पुगी राज्यका चौथो अंग पनि बद्नाम भएको त छैनन्, जटिल प्रस्न उठ्छ ।

२०४६/०४७ को जना आन्दोलनले सत्ता परिबर्तन शक्तिको रूपमा राज्यको चौथो अंगलाइ पूर्ण जस दिएको छ । जहाँ जुन देशमा पनि सत्तामा समस्या आयो या संकट आयो भने सबै भन्दा पाहिले आमसंचारमा नियन्त्रण गरिएको हुन्छ । मेनमारमा गरिएको सत्ताको कु मा पनि सर्ब प्रर्थम संचार माध्यामलाई नै नियन्त्रण लिएको उदहारण छ । सर्बत्र विस्लेषण गर्दा आमसंचार र त्यसको सम्प्रेषणले नै राजनैतिक, सामाजिक तथा भ्रष्टाचार जस्ता पक्षमा छिटो प्रभाब पारि खबदारी गरेको देखिन्छ । त्यसैले घटनाको टुंगो नलागुन्जेल सूचना सम्प्रेषण गरिनु एक आमसंचारको  जिम्मेवारी हो ।

तपाइँको प्रतिक्रिया ।