Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/202545403_4521081791235982_5339135614907478311_n-e1624682936615.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

निरन्तर वर्षाले मेलम्चीमा फेरि बाढीको प्रकोप, तीन तले घर ढल्यो

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

आज (शनिबार) विहानदेखि शुरु भएको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि पानीको सतह बढेको स्थानीयले जानकारी दिएका छन् ।

विहानैदेखि परेको बर्षाका कारण इन्द्रावती मेलम्ची खोलाले भर्खरै मेलम्ची–११ का गोपाल दुलालको तीन तले पक्की घर ढलेको छ । खोलाको बहाव बढेपछि आज बिहान मात्र खोलाले दुलालको तीन तले पक्की घर बगाएको हो ।

स्थानीय पत्रकार रेडियो मेलम्चीका प्रमुख  देवराज सुवेदीले फेसबुकमा फोटो राख्दै आज विहानै मेलम्चीले दुलालको घर ढालेको जानकारी गराएका छन् । वर्षा शुरु भएपछि बाढी र पहिरोले मेलम्ची बजार डुबानमा परेको छ भने धेरै जना विस्थापित भएका छन् । आज देशका धेरै स्थानमा पानी पर्ने र पाँच वटा प्रदेशमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।फोटो सौजन्य : देवराज सुवेदीको सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।