ईश्वरपुर नगरपालिका वडा नं ३ का वडाध्यक्षको हत्या आरोपमा दुई जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

सर्लाहीमा जेसिबी चालकले एक वडाध्यक्षको हत्या आरोपमा दुई जना पक्राउ परेका छन ।

ईश्वरपुर नगरपालिका वडा नं  ३ का वडाध्यक्ष ५५ वर्षीय सुर्यकुमार श्रेष्ठलाई जेसिबीको बकेटले हानेर चालक रबिन भनिने हर्कबहादुर तामाङले हत्या गरेका हुन् ।

हत्याको आरोपमा  हरिपुर नगरपालिका १ हजारविघा बस्ने ३८ वर्षीय चालक तामाङ र जेसिबी ठेकेदार ईश्वरपुर नगरपालिका ३ कै ३५ वर्षीय प्रेमराज दाहाललाई पक्राउ गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठोरले जानकारी दिएका छन । उनले घटना विषयमा अनुसन्धान भइरहेको बताए ।

तपाइँको प्रतिक्रिया ।