बागमती प्रदेस सहित प्रदेश नं १ र २ मा घनघोर वर्षा हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १० ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशमा मेघगर्जनसहित ठूलो वर्षा हुने जनाएको छ । प्रकाशित बुलेटिनअनुसार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्टयाङ्गसहित ठूलो वर्षाको सम्भावना छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । तर प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलै वर्षा हुने र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनेछ ।

आज राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा सामान्य वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।