Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/131458405_548239606180744_6679605301233070530_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/200934678_2894234187482687_7758904050326518343_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली काँग्रेस क्षेत्र नं ४ को अ‍ैचोपैचो अभियान विश्राम गर्ने निर्णय, आवश्यक परे पुनः सञ्चालन हुने

कपन अनलाइन

काठमाण्डौ ,असार १० ।

नेपाली काँग्रेस क्षेत्र नं ४ को अ‍ैचोपैचो अभियान विश्राम गर्ने निर्णय गरिएको छ। नेपाली काँग्रेस क्षेत्र नं ४ को तर्फबाट  विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणका विरुद्ध आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत केहि महत्वपूर्ण कार्यहरु सञ्चालन गरिएको थियो ।

कोभिडका कारण अत्यन्तै कमजोर भईरहेको समाजलाई केहि भएपनि योगदान दिने प्रयास अनुरुप सञ्चालन गरिएका कार्यक्रमहरु प्रति  सदभाव राख्ने  नागीरक, सहयोगी, दाता, सुरक्षाकर्मी तथा सेवाभाव  सबै प्रति हामी कृतज्ञ रहेको बताउदै नेपाली कांग्रेस काठमाण्डौ – ४ का सभापति राजु श्रेष्ठले  नेपाल सरकारले स्मार्ट लकडाउन गर्ने निर्णय संगै बजारहरु खुल्न थालेको, तथा सवारीहरु समेत जोरविजोर गरी सञ्चालन गर्न मिल्ने अवस्था भएको हुँदा हालका लागि नेपाली काँग्रेस क्षेत्र नं ४ ले आफ्नो अभियानलाई विश्राम गर्न लागेको जानकारी दिएका छन।

आवश्यकताका आधारमा  अभियान पुनः सञ्चालन हुने जानकारी गराँउदै कोभिड संक्रमण तथा विभिन्न प्रकारका विपद र समस्यामा परेका नागरीकहरुका लागि नेपाली कांग्रेस क्षेत्र नं ४  सदैव सेवामा समर्पण रहने भन्दै यो अवधिमा गरेका कामहरु सार्वजनिक पनि गरिएको छ।

अ‍ैचोपैचो अभियानमा गरेका कामहरु :

१. यस विचमा हामीले सञ्चालन गरेको अभियानबाट निशुल्क रुपमा एम्बुलेन्स सहित ७ वटा निजि सवारी सधान बाट ४४३ जनाले सेवा लिएका थिए  ।

२. विशेषज्ञ परामर्श तथा डाक्टर सेवा तर्फ महिला र पुरुष गरी ७६ जनाले सेवा लिएका छन जसमा  २० देखी २९ वर्ष सम्म ८ जना , ३० देखी ३९ वर्ष सम्म १६ जना , ४० देखी ५९ सम्म १८ जना तथा ५० देखी ५९ सम्म १६ जनाले उक्त सुविधा लिनुएका थिए । यसमा  डा. प्रणय शम्शेर जबरा र उहाँको टिमप्रति हार्दिक आभार व्यक्त गरिएको छ ।

३. निः शुल्क रुपमा औषधी वितरणका लागि १७ परिवारलाई उक्त सेवा प्रदान गरिएको छ ।

४. अैचोपैचो अभियान अन्र्तगत सेवा समुह तर्फका सदस्यहरु बाट विभिन्न स्थानमा स्वास्थ समाग्री वितरण , आइसियु तथा भेण्टिलेटर व्यवस्थापन लगायतका क्षेत्रमा विशिष्ट सहयोग उपलब्ध गराउनुभएको थियो ।

५. अैचोपैचो  अभियान अन्तर्गत  सञ्चालित आइसोलेसन सेन्टरबाट ८२ जनाले सेवा लिएका थिए जसमा  २६ जना भर्ना भई उपचार सहित संक्रमण बाट मुक्त हुनुभएको छ । त्यसैगरी , ५६ जनाले परामर्श र केयर सुविधा लिएका थिए ।

६. अैचोपैचो अभियान अन्तर्गत  प्रसाद वितरण कार्यक्रममा विभिन्न वाल आश्रम तथा बृद्धआश्रमहरुमा दैनिक भोजना गराउने कार्य सम्पन्न भएको थियो  सो अवधिमा १९७७ जनालाई भोजन ग्रहण गराउने कार्य भएको थियो।

माथि  उल्लेखित कार्यहरु सफलतापूर्वक सम्पन्न गर्ने अभियानमा जुट्नुहुने स्यवमसेवी, स्काउट, सावरी चालक , सहयोगीदाताहरु , सञ्चारकर्मी लगायत सल्लाह सुझाव प्रदान गर्नुहुने सबैजना प्रति हार्दिक सादुवाद व्यक्त ब्यक्त गर्दै अभियानका संयोजक  राजु श्रेष्ठ तथा अभियानका सहयात्रीहरुको तर्फबाट औषधी तथा सेवा समुह सवारी तथा एम्बुलेन्स व्यवस्थापन समुह विशेषज्ञ तथा मेडिकल समुह प्रसाद वितरण समुहलाई धन्यवाद प्रदान गरिएको छ।

तपाइँको प्रतिक्रिया ।