योग र जिवन

योग र जिवन

कपन अनलाइन

काठमाण्डौ , असार ७ /पदम कार्की
जिवन : 
जिवन एउटा चुनौति हो । मानिस जन्मसँगै मानविय विशेषता साथमा लिएर जन्मेको हुन्छ । संसारमा यस्तो मानिस काहीँ पनि भेटिँदैन । जुनै पनि समस्या नभएको मानिसको जिवननै समस्या, चुनौती भित्रनै रहेको हुन्छ । जो मान्छे शान्ता, साहषी धैर्यताकासाथ अगाडी बढ्दछ त्यो ब्यक्तिनै शारिरीक र मानसिक रुपमा  सफल र स्वस्थ बन्न सक्छ । समस्यामा परेको मान्छेले आफुलाई बोझ सम्झन्छ समस्यादेखि भाग्न खोज्दछ, उसले नकरात्मक विचार निकाल्दछ र अरुलाई  दोष लगाउन थाल्दछ । अव मानिसको जिवन विस्तारै झन अस्वस्थ बन्दै जान्छ । मानिस आफू भित्रै देखि सकरात्मक हुन सक्दैन ।

मानिस आजभोली धेरै सुख, सुविधा र आधुनिक विज्ञानको विकास संगै झन असफल र निराशा र अस्वस्थ बनि रहेका छन् । जब मानिसले सकारात्मक बाटो तिर लाग्दैन तव सम्म जस्तो सुकै सुख भोगबाट मानिस सुखि र स्वस्थ रहन सक्दैन । मानिसको जिवनमा गृहस्थी सँग गृहस्थी समस्या उद्योग, ब्यापार, कलाकार जुनसुकै जस्तो ठाँऊमा एक अर्कामा समस्या विद्यमान छ । मानिसको उमेर , शिक्षा सँग आफ्नो जति उन्नती र प्रगतिको बाटोमा लम्कन्छ उति समस्यामा पर्दै जान्छ । शारिरीका स्वस्थको सम्बन्धमा मन (मानसिक) सँग रहेका हुन्छ । मनको सम्बन्ध भावनासँग रहेको हुन्छ । मनको सम्बन्ध भावना सकरात्मक आत्माको मन्दिरमा रहेको हुन्छ । मानिसको शरिर विरामी भायोभने त आधुनिक विज्ञानले ठिक पार्छ भन्ने वुझाई छ ।
योग :
भगवान शिव र पार्वती दुवै दाम्पतीविच सम्वाद हुँदा पार्वतीले शिवलाई सोध्नु हुन्छ । हे शिव संसारमा मानिसहरु  सुखी रहने, शान्ती रहने, लोभ, मोह, अहंकारबाट पार पाउने कुनै यस्तो विधी छ भने वताई दिनुहोस् भन्दा शिवले पार्वतीलाई भन्नुहुन्छ योगको तरिका विधीनै यस्को महत्वपुर्ण गुण हो । भनेर योग विधी र यस्को महत्व, तरिका, गुण वताउनु हुन्छ । पार्वती सुन योग नै यस्तो विधी हो । जसबाट मानिसहरु  सम्पुर्ण दुःखबाट मुक्त हुन्छन् र सुखी जिवन विताउन सक्छन् । स्वस्थ जिवन पाउँदछन् भन्ने कुरा शास्त्रमा उल्लेख छ । योग पहिला क्रृषिमुनी र सन्तहरmले कुटिमा बसेर साधाना गर्ने परम्परा थियो । पछि गोरखनाथले योगलाई सर्वसाधरणमा विकास गर्नुभयो ।

गोरखनाथले योगलाई एक विज्ञानको रmपमा विकास गरी सरल बनाई दिनुभयो । आधुनिक विकासको क्रमसँग योगको महत्व र क्षेत्रपनि विस्तार हुँदै गएको छ । योग वैद्धिक काल भन्दा पनि पहिले शुरm भएको पाईन्छ । बेद नै यस्तो शास्त्र हो जहाँ सम्पुर्ण जिवन र जगत ब्याख्या गरेको पाईन्छ । जुन कुरा त्यसबेलाका क्रृषिमूनि सन्तहरmले लेखेका छन् । त्यसैले शास्त्र अनुसार योगको शुरुवात भगवान शिवबाट नै भएको हो । सभ्यताको क्रमको ईतिहाँसलाई हेर्दा सृष्टिको उत्पतिमा भगवान शिवको यौगिक आसन मुद्राका  मुर्तिहरु  भेटिएको कुरा ईँतिहाँसमा पाईन्छ । मानिसको पुनर्जन्मका आधारमा ८४ लाख जुनि छ भन्ने उल्लेख गरेको शास्त्रहरmमा पाईन्छ । भगवान शिवले यिनै ८४ लाख प्राणिहरुको आधारमानै योग आसनको संख्या ८४ छन् भनेर भनिएको छ । ८४ लाख प्रकारका योग आसन छन् भन्ने भनाई छ । अहिले पुर्विय दर्शनलाई पछिल्लो समयमा पश्चिमी मुलुकमा विस्तार गरि योग एक जिवन पद्धतिका रुपमा  विकास गर्न आवश्यक सन्तहरुले ठाने र हाल आएर संसारभरि योग शिक्षा फैलिएको छ ।

भगवान शिव सधैँ हिमाल, कैलाश पर्वतमा विराजमान रहनु हुने भएको हुनाले योगको जन्म पनि हिमालबाट नै भएको हो भन्न सकिन्छ । हामीहरुले भगवान शिवलाई मान्दछौ भने योगको उत्पति पनि नेपालको हिमालय पर्वतबाट भएको भन्न सकिन्छ र योगको जन्मभई आज संसारभरि फैलिएको कुरा छातिमा हात राखेर भन्न सक्छौ र त्यसैले योगको जन्मदाता र पहिलो गुरु  पनि भगवान शिवनै हुनु हुन्छ । अहिले पश्चिमी मुलुकका विद्धानहरुले योगको महत्वलाई वुझ्न थाले र फेरी हामी साधारण मनुस्यको सामु योग चर्चित हुँदै गयो । योगलाई मनुस्यले बुझ्न थाले । योगको ज्ञान हाँसिल गर्ने तर्फ पाईल बढाउन थाले ।
तर त्यो हुनै सक्दैन अझै पनि मन स्वस्थ राख्ने अस्पतालभने थाहा पाउन सकिरहेको छैन । मन स्वस्थ राख्ने औषधी हाल सम्मपनि पत्ता लागेको छैन । त्यहि भएर मानिस हरु  असल बन्नको लागि मनलाई स्वस्थ राख्न जरmरी छ । त्यसैले मानिसको जिवनमा भय, डर, त्रास, आशा, विलासित, उन्नति, प्रगति अनेकौं सोचाईमा पर्दा सकरात्मक सोच्न सक्दैन । त्यसैले यसलाई सही मार्ग दिन मानिसको जिवनमा एउटा महत्वपुर्ण योग विज्ञानको साधनाबाट सही मार्गको जीवनशैलीबाट नै मानिसले आफ्नो जिवनको बाटो बदल्न सक्छ । र सुख, शान्ती, आनन्द प्राप्त गरि जिवनलाई योग अनुभुति गराई भनेकै समय र प्रगतिमा पनि सुखभोग गर्न पाउँदछन् ।

त्यसैले योग र जिवन एक अर्काको परिपुरक हुन । एक्काईसौं सताब्द्धीमा योग अनेक रुप बाट प्रकट भईरहेको छ । मनुष्यको जिवनमा शारिरीक र मानसिक स्वस्थ सक्रिए भएको छ । अबको युगमा मानिसको जिवन योग विना अधुरो रहन्छ । अध्याय अपुरो रहन्छ । जिवन र मृत्यु दुबै गौरवपुर्ण होस । जिवन कायर, कम्जोर नभएर स्वाभिमान र आत्मज्ञान सम्पन्न भएर बाँच्नु पर्दछ । यसैका निम्ति मानव जिवन हो । जिवन उत्सर्वहा, परमात्मा सबैभन्दा ठुलो उपहार हो । हृदय, देवालय, शिवालय र भगवानको मन्दिर हो । जिवनको प्रत्येक दिन विहानी मेरो जन्म हो एक दिनको समयमा मेरो लागि सम्पुर्ण जिवन बरावर हो ।

मैले केहि गर्नु पर्छ भनेर अगाडी बढ्नु पर्दछ । जब सम्म शरिरमा प्राण रहन्छ । जबसम्म दुःख, सुख मेरा सारधी हुन् भनि करण प्रेमका साथ जिवनलाई विताई अनि दृढता पुर्वक लक्ष्यतर्फ अगाडी बढेमा एक दिन जिवन सफलतामा पुगिको हुन्छ । सफलतामा हात लाग्नेछ । जिवनमा सधैं प्रशन्नता छाउने भने कर्म गर्दै जानुनै जिवन हो । कर्मको कुशलता योग हो । योगले होसियारको शिक्षा सिकाउँदछ । योग भनेको जिवन तथा आत्मा विकासको विज्ञान हो । शरिर, मन, आत्म यि ३ शरिर वुझ्ने विज्ञान हो । हाम्रो शरिरमा ७२ नाडी छन् । ई.डा पिङ्गला योग र सुशुम्ना नाडी प्रमुख हुन् । सुनम नाडीहरुलाई नकरात्मक, सकरात्मक र सन्तुलनका रुपमा लिने गरिन्छ ।

योग जिवनमा  कसरी शुरु  हुन्छ ?
योग जिवनमा कसरी शुरु  हुन्छ । योग मानिस नजन्मदा खेरीनै आमाको पेटबाट शुरm गर्दै आएको हुन्छ । मानिस जन्मेदेखि नमरmन्जेल सम्मनै योग गरिएको हुन्छ । मान्छेले कति कुरा थाहा पाएको हुन्छ त कति कुरा थाहा पाएको हुँदैन । योग विहान उठेदेखि वेलुका सुतेर नउठ्दा सम्म अझ भनौभने सधैं नै भई रहन्छ । जब विहान उठ्न साथ नृत्य, कर्म, पुजापाठबाट आँखाले देखेर योग शुरु  हुन्छ । योग विहानैबाट आफूले लिने आहार–विहार मुख्य रुपमा  भान्छाबाटनै शुरु  हुन्छ । अफिसमा काम गर्दा, घरमा काम गर्दा यताउति हिँड्डुल गर्दाहोस् या आरम गरेर बस्दा होस् योग भईरहेको हुन्छ । कति पय कुरा हामीले थाहा पाएका हुँदैनौ हामीले थाहा पाएर सहि योग कर्म गरि जिवन बदल्नु पर्छ । समाज बदल्नुपर्छ । हामीले फेर्ने स्वासप्रस्वास प्राण वायु देखि हामी हिंड्दा बाहिर निकाल्ने पहिलो पाईलाबाट नै योग शुरु  हुन्छ । यहिनै पहिलो जिवन, पहिलो कर्म योगको पाईला हो । हामी जब अफिस पुग्दछौं दुई किसिमको योग शुरु  हुन्छ । एक सकरात्मक र अर्को नकरात्मक योग, नकरात्मक कसरी हटाउने र सकरात्मकलाई कसरी लिने भनेर योग कर्म जारी रहन्छ । साव्तीक भोजन सेवन, गेड वस्त्र लगाएर दाह्री पालेर योग आसन प्रदर्शन गर्दैमा योगको कर्म पुरा हुँदैन । योगको कर्म अफिसमा, पसल, व्यापर गर्दा, गाडीमा चढ्दा होस् या मान्छेको जीवनमा जे क्रिया पनि जन्मेदेखि नमरmन्जुल सम्म गर्दछ सबै कर्म सकरात्मक राख्नु जरुरी हुन्छ । यसरी मानिसहरुले  योग – योगको अर्थ जोड्नु विभिन्न शास्त्रमा योगको विभिन्न अर्थ छ तर सबै शास्त्रमा लेखिएको मूल सिद्धान्त भनको मानिसलाई असल जिवन जिउने कला सिकाउने विज्ञाननै योग हो । बेदान्त अनुसार हाम्रो शरिरका ३ रुप  छन् ।
जसअनुसार :
१) सुस्म शरिर र मनोवैज्ञानिक कोष
२ं) कारण शरिर (आत्मिय कोष)
३) स्थुल शरिर र अन्नमय कोष
यिनै ३ वटा शरिरको विच सन्तुलन गराउनुनै योग हो । जिवन भनेको ज्ञानेन्द्रिय , कमैन्द्रिय मन, वुद्धि अहं तथा आत्माको समिश्रण हो । यि ३ चिजले आफ्नो –आफ्नो प्रभाव जमाउने प्रयासमा रमाउँदछन् । योग नै यस्तो माध्यम हो जस्ले यि सबै चिजको सन्तुलन मिलाई दिन्छ । यसरी सन्तुलन मिलाई राख्ने पनि योग विषय हो । योग विद्या सिद्धान्तमा बुझ्न खोज्नु मुर्खता हो । योग विद्या साधनाको माध्यमबाट आफुले आत्म अनुभुति गरेर त्यसको रस थाहा पाउने विषय हो ।

महर्षि पतन्जली भन्नुहुन्छ । “योगश्च चित्रवृति निरोध” योगले चितका वृतिहरmलाई कन्ट्रोल गर्दछ । र हाम्रो कमैन्द्रीयहरmले सही निर्णय लिएर ठिक विचार कन्ट्रोल भए पछि अब शान्त मन आउने धेरै विचारले थोरै विचार निर्णय लिएर कर्म गर्ने क्षमता पैदा भई कर्ममा सफलता पाउन सकिन्छ । योगका मुख्य गुरु  शिवजी हुन् । योग दर्शनलाई विश्वमा ल्याउने देन क्रृषि पतन्जलीको छ । योगलाई गितामा भनिएको छ कर्मषु कौषलम ईतियोगको जिवनमा जानीजानी गरेको वा भएको योगलाई अव बुझ्न जरुरि  छ । जव हामी आफ्नो कर्ममा लाग्छौ तव योग शुरु  हुन्छ । अव शरिर स्वस्थ राख्नको लागि हामी सबैजना योग कर्ममा लागौं।

तपाइँको प्रतिक्रिया ।