बुढानिलकण्ठ-१० का युवा वडा अध्यक्ष नवराज भट्टराईको पूर्वाधार विकास र रचनात्मक अभियान

बुढानिलकण्ठ-१० का युवा वडा अध्यक्ष नवराज भट्टराईको पूर्वाधार विकास र रचनात्मक अभियान

कपन अनलाइन

काठमाण्डौ,असार ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नगरपालिकाका कान्छा वडा अध्यक्ष हुन। सबैभन्दा बढी जनशंख्या र मतदाता भएको वडाका अध्यक्ष रहेका भट्टराईले २०७४ शाल जेष्ठ १० गते सपथ खाए देखि नै पूर्वाधार विकास विकास संगै रचनात्मक कार्यक्रम तथा गतिविधिहरुलाई प्राथमिकतामा राखेर कम शुरु गरेका थिए।

युवा संघ नेपाल बाट प्रत्यक्ष राजनीति शुरु गरेका उनले त्यसपछि साविक कपन गाउँ कमिटी सचिव ,उपाध्यक्ष हुदै अहिले वडा अध्यक्षको जिम्मेवारी बहन गरिरहेका छन।

लामो समय पछी भएको स्थानीय तहको निर्वाचनमा बिजयी बनेको ४ वर्ष ३७ दिनमा अध्यक्ष भट्टराईले दिर्घकालिन महत्वका ठुला भौतिक पूर्वाधार र वडावासीको शशाक्तिकरणमा धेरै काम गरेका छन।

बुढानिलकण्ठ नगर अस्पताल ,कपन ह्यान्डबल मैदान निर्माण,कपन बहुमुखी क्याम्पस भवन निर्माण,ज्योति नगर पुल ,ढलाने पुल, बालउद्दार मावी पूर्वाधार विकास,भूकम्प स्मृति पार्क निर्माण जस्ता ठुला योजनाको लागि बजेट व्यवस्थापन र सहजीकरणमा महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष भट्टराईले चुनावमा खानेपानी समस्या समाधानको लागि गरेको वाचा मेलम्ची खानेपानीको विस्तार संगै पुरा गरेका छन।

वडाका बौद्धिक सम्पतिहरुको प्रवर्धनका लागि छलफल र कार्यक्रमहरुलाई निरन्तरता दिएका अध्यक्ष भट्टराईले युवाहरुको विकासमा सहभागिताका लागि युवा संजाल गठन गरेर विभिन्न अभियानहरु संचालन गरेका छन।

वडा नं १० का मुख्य सडकहरुको कालोपत्रे र निर्माण अन्तिम चरणमा पुर्याएका वडा अध्यक्ष भट्टराईले लक्षित वर्गका कार्यक्रम तथा योजनाहरुलाई सहभागिता मुलक बनाउदै संचालन गरेका छन भने वडावासीको क्षमता र प्रतिभा विकासका लागि पनि दर्जनौ कार्यक्रमहरु कार्यान्वयन गरेका छन।

धोवीखोला कोरिडोर विस्तारका लागि पाथिभरा बस्ति व्यवस्थापन,सिद्देश्वर मन्दिर क्षेत्र गुरुयोजना निर्माण,कपन क्षेत्रको डुवान समस्या समाधानका लागि ब्लक कल्भर्ट निर्माणको ठेक्का सम्झौता लगायतका विशेष योजनाहरुको लागि सक्रीय पहल गरेका उनले वातावरण संरक्षणका लागि सुकिलो अभियान पनि संचालन गरेका थिए।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।