दश महिनाको प्रतिक्षापछि कक्षा ११ को परीक्षाफल प्रकाशित

दश महिनाको प्रतिक्षापछि कक्षा ११ को परीक्षाफल प्रकाशित

कपन अनलाइन\२०७१ माघ ६ गते\

उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमीले कक्षा ११ को परीक्षाफल सोमबार प्रhsb-resultकाशित गरेको छ । गत जेठ महिनाको १ देखि १२ गतेसम्म सम्पन्न परीक्षाको झण्डै १० महिनापछि परीक्षाफल प्रकाशित भएको हो । परीक्षामा नियमिततर्फ २ लाख २५ हजार ३ सय ७३ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी गराए । परीक्षामा ४७.२६ प्रतिशत अर्थात् १ लाख ६ हजार ५ सय १७ जना परीक्षार्थीहरू उत्र्तीण भएका छन् । ७ जनाको परीक्षाफल स्थगित अनि ४३ जनाको परीक्षाफल रद्द गरिएको जनाइएको छ ।

 

गतवर्षको तुलनामा यसवर्ष उत्र्तीण विद्यार्थीहरूको प्रतिशतमा झण्डै ८ प्रतिशतले वृद्धि भएको छ । आंशिकतर्फ भने कुल विद्यार्थी संख्या १ लाख ४१ हजार ५ सय ७० को ३३.१५ प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् ।

तपाइँको प्रतिक्रिया ।