सोलुखुम्बु र खोटांगमा अक्सिजन प्लान्ट जडानका लागि बजेट ,ओखलढुंगालाई परेन
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७।
सोलुखुम्बु र खोटांगमा अक्सिजन प्लान्टका बजेटका लागि बजेट बिनियोजन भएको छ। सोलुखुम्बु अस्पताल र खोटांग अस्पतालमा अक्सिजन प्लान्ट र HDU युनिट संचालनका लागि प्रति अस्पताल ७ करोड ५० लाख बजेट प्राप्त गरेका छन।
यी दुई सहित जम्मा १३ वटा अस्पताललाई १७ करोड ८७ लाख ७० हजार बजेट बिनियोजन हुदा ओखलढुंगा जिल्लामा भने बजेट परेको छैन।ओखलढुंगा जिल्लामा दैनिक संक्रमणको दर बढ्दै जादा परिक्षण र आपतकालीन सेवा शुरु गर्नुपर्ने अवस्था रहेको भए पनि हाल सम्म स्वाव संकलन गरेर काठमाण्डौ वा विराटनगर लैजानुपर्ने बाध्यता रहेको छ।
ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटारमा हाल सम्म अक्सिजन प्लान्ट जडान भएको छैन भने अन्य कोभिड -उपचारका अत्यावस्यक सेवाहरु पनि व्यवस्थित गरिएको छैन।
तपाइँको प्रतिक्रिया ।