शंकालु व्यक्तित्व विकार (ए एम ) :गोविन्द शरण पिएचडी (मनोविज्ञान)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १।
केही मान्छेहरू आवश्यकता भन्दा बढी शंकालु हुन्छन् । जसको व्यक्तित्व नै शंकालु स्वभावको हुन्छ त्यो अवस्थालाई अंग्रेजीमा एबचबलयष्म एभचकयलबष्तिथ म्ष्कयचमभच ९एएम्० भनिन्छ । सामान्यतया एस्तो व्यक्तित्व विकार १८ वर्षको उमेरपछि मात्र बढी व्यक्तिहरूमा लक्षित हुन्छ ्र मान्छेमा देखिने एस्तो असामान्य शंकालु स्वभाव र व्यबहारलाई ‘विश्व मानसिक हाते पुस्तिका’मा ‘अचम्मको व्यबहार’ श्रेणीमा राखिएको छ ।
शंकालु व्यक्तित्व विकारले ग्रसित भएका व्यक्तिहरूले हरेक व्यक्तिमा अत्याधिक शंका गर्छन् । शंकालु विकारमा सम्बन्धित व्यक्ति गहिरो असुरक्षाको अनुभव गर्छ । ससाना कुरामा शंका गर्ने स्वभावले गर्दा उसका सहयोगीहरू टाढिने गर्छन् । पत्नी/पतिसँग सम्वन्ध विग्रन्छ । आफन्तहरूले मन दुखाउँछन् तर शंकालु स्वभाव भएको व्यक्तिले शंकालु स्वभावमा परिवर्तन गर्न सक्दैन । उदाहरणका यदि कसैले सब्जी काट्नका लागि चक्कु बोकेको छ भने उसले ‘मलाई मार्न बोकेको’ भन्ने आरोप लगाउँन सक्छ । पत्नी/पतिले चिनेको आफन्त महिलासंग हाँसेर कुरा गरेको देखेर ‘यौनाचार’को शंका गहिरिन सक्छ ।
प्रमुख लक्षण
शंकालु व्यक्तित्व विकारले पीडित व्यक्तिले कसैलाई पनि विश्वास गर्न सक्दैन, हमेशा अर्काको सिकायत गर्छ, एकदम सामान्य बोलीचालीमा पनि भयङ्कर षड्यन्त्र भएको विश्वास गर्छ र सजिलैसँग रिसाउँछ । उपरोक्त तीनै प्रकारका व्यबहारहरू एकआपसमा गाँसिएका छन् । हमेसा अर्कामा कमीकमजोरी मात्र खोज्नु, मिठो बोल्दा पनि आफुलाई नराम्रो गर्न खोजिएको विश्वास गगर्नु र ससानो कुरामा अति रिसाउँनु शंकालु व्यक्तित्व विकारका प्राथमिक लक्षण हुन् । विश्वभरि एस्तो व्यक्तित्व विकारले पीडित लगभग १.७% देखि ४.५% जनसंख्या रहेको अनुसंधानका आधारमा अनुमान गरिएको छ ।
शंकालु व्यक्तित्व विकारको ठ्याक्कै कारण थाहा छैन तर अनुसन्धाताहरूले परिवारमा पागलपनको इतिहास, वाल्यकालमा अत्यन्त भयङ्कर भोगाई सहित अत्यन्त कमजोर आर्थिक अवस्थामा जीवन गुजारा गर्न बाध्य भएका, परचुके भएका, पति÷पत्नीको मृत्यु भएर एकल जीवन विताइरहेका तथा ब्रह्मचारीहरूमा (विवाह नगरी बसेका) शंकालु व्यक्तित्व विकार बढी हुनेतिर इङ्गित गरेका छन् ।
आफ्ना कर्मचारीहरूले सधैं वदमासीमात्र गरेको, अर्कासंग काम गर्न नसकेको, ससानो आलोचनालाई पहाडझैं लिएको, स–सानो कुरामा धेरै रिसाउँने, सानोतिनो कुरामा मिल्ने मित्रहरूसंग अलग्गिने, सधैं कूतर्क गर्ने र आफ्नो आफ्नो कुरामा मूढ़ेवल गर्ने, अर्काको स–सानातिना क्रियाकलापलाई आफ्नो विरुद्धको षड्यन्त्रका रूपमा व्याख्या गर्ने र रमाइलो गर्न नसक्ने स्वभाव नै शंकालु विकारका लक्षण हुन् । यस्तो लक्षण भएका व्यक्तिहरू आफु पनि खुसी हुन सक्दैनन्, अरू खुसी भएको देख्दा शंका गर्छन् ।
मूलतः शंकालु व्यक्तित्व विकार भएका व्यक्तिहरूले परामर्शदाता वा चिकित्सकले राम्रो गर्छन् भन्ने कुरामा शंका हुन्छ, सजिलैसँग उपचारका लागि तयार पार्न सकिन्न । तथापि यो मानसिक विकारको सम्पूर्ण उपचार सम्भव छ । उपचारका लागि सबैभन्दा पहिले सम्बधित व्यक्तिले ‘विश्वास गरेको’ व्यक्तिको पहिचान गर्नुपर्छ र उसका माध्यमबाट सम्वन्धित व्यक्तिसंग पहुँच बढाउनु पर्छ । यस्तो व्यक्ति ‘पागल’ होइन । एक पटक परीक्षणका लागि तयार भएपछि उपचार गर्न सकिन्छ ।
यदि तपाईंहरूका बीच ‘अत्याधिक शंकालु’ स्वभाव भएका मान्छे छन् भने उनीहरूलाई सहयोगको आवश्यता छ । हामीले ‘शंकाले लंका ढाल्छ’ भन्ने उखानलाई सम्झेर निजको पारिवारिक, सामाजिक र सांस्कृतिक जीवन अस्तव्यस्त हुनुभन्दा पहिला नै उपचार गरेर सहज बनाउने प्रयत्न गर्नुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक