राष्ट्रपति पाैडेलद्वारा चारवटा अध्यादेश जारी

राष्ट्रपति पाैडेलद्वारा चारवटा अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईका अनुसार  सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१ जारी भएकाे छ ।

यसैगरी आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी भएको छ ।

तपाइँको प्रतिक्रिया ।