भोलि माघ १ गते तारेभिर जाउँ,पर्यटन महोत्सवमा सहभागी बनौ !

भोलि माघ १ गते तारेभिर जाउँ,पर्यटन महोत्सवमा सहभागी बनौ !

कपन अनलाइन

काठमाण्डौ ,पुस २९।

भोलि माघ १ गते शिवपुरी पर्वत शृंखलाको काखमा रहेको तारेभिरमा तारेभिर पर्यटन महोत्सव हुदैछ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ को गोकर्ण र बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को बुढानिलकण्ठबाट सहज रुपमा पुग्न सकिने तारेभिरमा हुने सो महोत्सवमा विभिन्न आकर्षणहरु रहेका छन भने  महोत्सवको  दिन स्थानीय उत्पादन र सामाग्रीहरुको प्रदर्शन गरिने छ भने स्थानीय महिला समुह र संघ संस्थाहरुले विभिन्न प्रस्तुतिहरु दिनेछन।

कसरि पुग्ने तारेभिर ? 

काठमाण्डौ उपत्यकाकाका जुनसुकै स्थानबाट सजिलै पुग्न सकिने तारेभिर जानका लागि दुई वडा मार्ग प्रयोग गर्न सकिनेछ। सो स्थानमा पुग्न चुच्चेपाटी -जोरपाटी हुदै गोकर्ण पुलबाट सुन्ताखान बालुवा  हुदै तारेभिर पुग्न सकिन्छ।

त्यस्तै चक्रपथ -बाँसबारी हुदै बुढानिलकण्ठ देउवा चोकबाट बुढानिलकण्ठ वडा नं २ को बंदेली हुदै पनि तारेभिर पुग्न सकिन्छ।त्यस्तै भोलि हुने महोत्सवमा जानकारी लागि जोरपाटी चोकबाट बिहान ७ बजे देखि यातायातको व्यवस्थापन गरिएको आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।