जिन्दगी : अप्सरा ढकाल (कविता )

जिन्दगी : अप्सरा ढकाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

चल्नु र जल्नुमा केहि
त फरक होलानि ए जिन्दगी ।
उस्तै उस्तै लाग्न थालेछ आजकल मलाई
जल्दा जल्दै चल्दा आस्चर्य मान्छन् तर
चल्दा चल्दै जल्दा अनुभूति बन्छ जिन्दगी ।।

कैले हावाहुरी र आधि वतासले मनभित्र वेगहान्दा पनि
अटल बनिरहन्छ यो जीन्दगी ।
कैले सान्सारीक रङ्गमन्चमा नाटक गर्दागर्दै
थाकिसक्छ यो जीन्दगी ।।

जल्दा जल्दै चलिरहदा समाचार वन्छ तर
चल्दा चल्दै जल्दै गर्दा
निखारीन्छ बरु जिन्दगी ।
तटस्थ कल्पनामा बसेर नियाल्दा
जग्मगाउछ यो जिन्दगी ।।

बास्तबिकताको साचो भित्र ढलेर हेर्दा
डगमगाउने गर्छ जिन्दगी ।
स्वच्छ वातावरणमा पनि कैले तुवाँलो लाग्छ
लिएर हिड्दा जल्दै यो जिन्दगी ।
चल्दै जल्दै हिड्नुपर्ने वास्तविकता हो जिन्दगी ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।