केही मुक्तकहरु : गंगा लिगल

केही मुक्तकहरु : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

१.
चरा पानी पानी भनी प्यासले पिजरामा तडपिरहेछ
मानिस आनन्दले करोडौको गाडीमा धडकिरहेछ
अनुभुति छैन उस्लाई हिम्सा र पाप केहो ?
उ सदा केवल मौकै मौकाको फाईदामा दौडिरहेको ।

२.
नारी हिम्सा पनि कहिले हटेन यहाँ
नारी थिचोमिचो कहिले घटेन यहाँ
कति भाषण कति कति जुलुस भए
सच्चाई भन्ने त कहिले डटेन यहाँ ।

३.
कहीं क्षत बिक्षत नहोस् नारी अस्मिता यहाँ
पुरुषत्व न डगमगियो छ पावनता यहाँ
सबको मन मष्तिस्कमा ज्ञान पूंज भरियोस
यस मनोरम धर्तीमा बाचौ ली समता यहाँ ।

४.
गुलाफ बाध्य छ काढै काढामा
उ हास्न बाध्य छ काढै काढामा
यो जीवनको अपरिहार्यता हो
उ मुर्झाउन पनि बाध्य छ काढै काढामा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।