म भर्न खोज्छु रोशनी : अविचल आस्था मणि (कविता )

म भर्न खोज्छु रोशनी : अविचल आस्था मणि (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

समाजवादको कुरा बिना छ उब्जनी फिका
गरीव मार्न चाहने उपाय झिक्दछन् ढिका
हसुर्न राष्ट्र पाइने स्वभावबाट पालिने
छ दुष्टता स्वभावमा पछार्न हो उचालिने

म बुझ्छु व्यर्थका कडी, लगाइएर हतकडी
पढाइने भयो कुरा लिएर हातमा छडी
मरे र मारिए अहो ! हजार लाख आश ती
परेर भोग्न यो कडा छ बाध्य आज सन्तति

नलेख भन्नु भो भने म लेख्न
बन्द गर्दछु म मर्न निम्ति
जन्मिएँ अवश्य बुझ्छु मर्दछु
सवार चित्तमा भयो मनग्य प्रेरणा जहाँ
म मर्छु मारिने भए रहेन अन्य योजना

मसंग छैन हो बडा ’नमामि’का घडाहरू
छु भिन्न शैल सोचमा, लिएर प्रेम आवरु
नचाहिने कुरा गरी झुकेर भुक्न लाञ्छना
मसँग छैन, छैन चाकरी गरेर घिच्न वाञ्छना

बटारिए कुरा सबै चटारिएर वासना
पुगेर जिन्दगी डुब्यो घिसारिएर घाटमा
यथार्थ भन्न चाहँदा म मारिएँ भने पनि

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।