कानुन क्षेत्रका धेरै रहस्य उजागर गर्ने पुर्व प्रधान न्यायाधीस पराजुलीको “संयोगका पानाहरु”
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
सर्वोच्च अदालतका पुर्व प्रधान न्यायाधीस गोपाल प्रसाद पराजुलीको पुस्तक “संयोगका पानाहरु” सार्वजनिक गरिएको छ। पराजुलीको जन्मदिन बैशाख १६ गते सार्वजनिक गर्न तयारी गरिएको पुस्तक लकडाउन घोषणाका कारण एक दिन पहिले पुर्व प्रधान न्यायाधीस तथा मन्त्रि परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले सार्वजनिक गरेका हुन।
नेपालको राजनीतिक क्षेत्रमा सक्रिय रहेका पराजुलीले न्यासेवामा प्रवेस गरेपछि प्रधान न्यायाधीस बाट अवकास पाएको समय सम्म देखे भोगेका कुराहरुलाई समावेस गरिएको सो पुस्तकले धेरै घटनाहरुको रहस्योद्घाटन गरेको छ।
आमजनताले नदेखेका र नसुनेका कयौ पर्दा पछाडिका गम्भीर कुराहरुलाई निर्भिक ढंगले उजागर गरेको पुस्तकलाई पैरवी प्रकासन (माथिल्लो ) ले बजारमा ल्याएको हो। विभिन्न खण्डमा लेखिएको सो पुस्तकमा पराजुलीले धेरै घटना र अनुभवहरुलाई स्पस्ट र सपाट ढंगले प्रस्तुत गरेको बताउदै कार्यक्रमका वक्ताहरुले केहि विषयमा भने उनले चाहिने भन्दा बढी सजगता र मौनता अपनाएको टिप्पणी गरेका थिए।
पैरवी प्रकासनका अध्यक्ष अधिवक्ता चन्द्र सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा पराजुलीको पुस्तक माथि बरिस्ट पत्रकारहरु पुरुषोत्तम दाहाल ,देव प्रकास त्रिपाठी ,सुरेस आचार्य सहित कानुन क्षेत्रका बिज्ञहरुले टिप्पणी गरेका थिए।