Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/FB_IMG_1619366824044.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/IMG_6564-scaled-1-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शंखरापुरको भुल्बु सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

कपन अनलाइन

काठमाडौं,बैशाख १६ । शंखरापुर नगपालिका वडा नं. ८ स्थित भुल्बु सामुदायिक वनमा  बैशाख १२ गते लागेको डढेलो नियन्त्रणमा आएको छ  । करिब ४ घण्टाको प्रयास पछि उक्त डढेलो नियन्त्रणमा आएको हो। डढेलो लागेको स्थानीयले नगर प्रमुखलाइ जानकारी गराए पश्चात नगर प्रमुख सुवर्ण श्रेष्ठले महानगरीय प्रहरी प्रभाग साँखु ,नेपाल स्काउट स्क्व क्यु,  नेपाली सेना सहित स्थानीयलाई तत्कालै समन्वय गरि डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री सहित पहल गरेका थिए  करिब ५ सय मिटर सम्म फैलिएको उक्त डढेलो नियन्त्रणमा लिन धेरै मेहनत गर्नु परेको स्थानीयले जानकारी गराए।  डढेलो लाग्नुको कारण भने  पत्ता लाग्न सकेको छैन ।

नेपालमा वन विनास र क्षयीकरण हुनुमा डढेलो प्रमुख कारण मानिन्छ । हरेक वर्ष हुँदै आएको डढेलोको प्रकोपबाट ठूलो मात्रामा प्राकृतिक तथा मानवीय क्षति हुने गरेको छ । सुख्खा यामसंगै वन-जंगलमा डढेलो लाग्ने क्रम बढेको छ ।नेपालमा प्राकृतिक रूपमा भन्दा पनि मानवीय कारण जस्तै– खोरिया फडानी, बटुवा तथा गाडीका यात्रुबाट चुरोट र बिँडीका ठुटा लापरबाहीले फाल्दा, जंगलनजिक रहेको खेतबारी सफा गर्दा, नयाँ मुना वा घाँस पलाउने आशामा, वनभोज, हाइकिङ, पदयात्रा, क्याम्प फायरिङजस्ता मनोरञ्जनका क्रियाकलाप असावधानीका साथ सञ्चालन गर्दा तथा सहभागी हुँदा, वनमा सिकार तथा वन्यजन्तुको अवैध तस्करी गर्दा,  वनभित्र विभिन्न विकास निर्माणका कार्यमा कामदारको लापरबाहीले र कहिलेकाहीं रिसइबी, बदला तथा प्रतिशोधको भावनाले समेत वनमा आगो लगाउने कार्य भएको पाइन्छ।

डढेलो लाग्न नदिन कडा कानुनि प्राबधान बनाई कार्यन्वयन गर्नुको साथै डढेलो नियन्त्रण तथा रोकथाममा प्रचारप्रसार समेत आवश्यक देखिन्छ  भने स्थानीय सरकारले पनि केन्द्र र प्रदेश संग समन्वयगरि  डढेलो रोकथामका लागि पूर्वतयारी जस्तै अग्निनियन्त्रण रेखा निर्माण, नियन्त्रित डढेलो, तालिम, प्रचारप्रसारजस्ता कार्यक्रमलाइ  प्रभावकारी ढंगले  अगाडी लानु जरुरी  देखिन्छ ।

फोटो : प्रेम प्रकाश

 

तपाइँको प्रतिक्रिया ।