गोकर्णेश्वर नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द
कपन अनलाइन
काठमाडौं,बैशाख १६ । गोकर्णेश्वर नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ। नगर प्रमुख सन्तोष चालिसे द्वारा जारी गरिएको उक्त सुचनामा विश्व भर फैलिरहेको नया भेरियन्टको कोभिड-१९ को महामारी काठमाडौं उपत्यका सहित देशभर फैलदो क्रममा रहेको र नेपाल सरकारले काठमाडौं उपत्यका भित्र मिति २०७८ बैशाख १६ गते देखि लागु हुने गरि निषेधाज्ञा जारी गरेको सन्धर्भमा मिति २०७८ बैशाख १६ गते देखि लागु हुने गरि अर्को व्यवस्था नभए सम्मका लागि गोकर्णेश्वर नगरपालिका र मातहतका वडा कार्यलयहरु बाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको उल्लेख गरिएको छ ।साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफु सुरक्षित रहौ, र सुरक्षित हुन पाउने अरुको अध्कर्को सम्मान गर्न पनि अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।