Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/150213657_3857558757641404_2064048665347198985_o-1-e1613388573375.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/150171193_3857558960974717_8670940350588040209_o-e1613388625865.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/150213657_3857559034308043_1446051424207997961_o-e1613388704634.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका ९मा लागुपदार्थ दुर्व्यसन बिरुद्द जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम

कपन अनलाइन

काठमाडौं,फागुन ३ । गोकर्णेश्वर नगरपालिका वडा नं ९मा लागुपदार्थ दुर्व्यसन बिरुद्द जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। वडा कार्यालयको आयोजनामा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नगर उप प्रमुख शान्ति नेपाल, वडा अध्यक्ष राजिब थापा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा सदस्य तथा कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, वडा सदस्य पुरुषोत्तम थापा, हरिकृष्ण कारंजित,गमलाकुमारी परियार सहित कर्मचारी,बिद्यार्थी तथा स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले  लागुपदार्थ न्यूनीकरण गर्नका लागी राज्यले मात्र गरेर  सम्भव नहुने भ्द्नै त्यसको लागि हेरक समुदाय संघसंस्था र हरेक ब्यक्ति आफै लाग्नु पर्ने बताउदै अनि  मात्र लागुपदार्थरहित सभ्य समाजको परिकल्पना गर्न  सकिने बताए ।

कुनै पनि मानिस आमाको कोखबाट जन्मदेखि लागुपदार्थको प्रयोग गर्छु भनेर यो संसारमा नआएको बताउदै   मानिसको उमेरसँगै उसको शारीरिक र मानसिक र भावनात्मक परिवर्तन भइरहेको हुन्छ, उमेर अनुसारको कौतुहलता र उत्सुकताको कारणले धेरै युवाहरु लागुपदार्थको दलदलमा फसेको पाइएको  उनले बताए  ।निगरानाीको अभावले लागु पदार्थ सेवनको कुलतमा बढिभन्दा बढि युवायुवतीहरु पर्ने हुने हुँदा दुव्र्यसनी न्युनिकरणको उत्तम उपाय अभिभावकले नै आफनो छोरा छोरीहरुको नियमित निगरानी गर्नु पर्ने उनले बताए ।

लामो समयदेखि लागु पदार्थ दुव्र्यसनमा रहेका  युवायुवतीहरु चोरी तस्करी, जुवातास, लगायतका अपराधमा फंस्दै समाजमामा ठुलो विकृति फैल्याउने हुँदा लागूऔषध दुर्व्यसनी रोकथाम गर्नु पर्नेमा जोड दिएका थिए त्यसको लागि नगरपालिकाले बिभिन्न कार्यक्रमहरु गरिरहेको बताएका थिए । त्यसै गरि उनले  लागुपदार्थ दुव्र्यसनीबाट मुक्त भएकाहरुलाई सम्मानपूर्वक समाजमा स्वागत गर्नुपर्ने बताउदै प्रयोगकर्ताले लागुपदार्थ छोडिसकेपछि उसले आफ्नो जीवनलाई कसरी सञ्चालन गर्ने भनेर उसँग कुनै आधारहरु हुदैनन् । त्यसको लागि नगरपालिकाले  सीपमूलक तालिम ज्ञान रोजगारीको वातावरण सिर्जना गर्नको लागि पहल गरिरहेको पनि जानकारी गराए  । ज्ञान, सीप र रोजगारीको अभावमा लागुपदार्थ प्रयोग गर्न छोडेका युवाहरु पुनः लागुपदार्थमै फर्किएको नमिठो वास्तविकता हामि सामु छ  उनले भने।

 कार्यक्रममा उप प्रमुख शान्ति नेपाल, वडा अध्यक्ष राजिब थापा,नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतले खराब साथीभाईको संगत, आमाबाबुले छोराछोरीलाई पर्याप्त समय दिन नसक्दा र कम वास्ता गर्दा युवा तथा बालबालिकाहरु दुर्ब्यसनमा पर्ने गरेको बताएका थिए  ।लागु पदार्थ सजिलै उपलब्ध हुने हुँदा समेत यसको प्रयोगमा वृद्धि आएको छ, यस्तै लागु पदार्थको खराब असर बारे जानकारी नहुँदा समेत ब्युवा तथा बालबालिकाहरु लागुपदार्थको लतमा पर्ने यस्तै कोहिले मानसिक रोगबाट ग्रस्त हुँदा, मनोरञ्जनको साधनको रुपमा लिँदा तथा पारिवारिक बिखण्डन हुँदा समेत लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको बताएका थिए ।

उनीहरुले त्यसको रोकथामको लागि राज्यले रोजगारीका कार्यक्रम, बाबुआमाले आफ्ना छोराछोरीलाई यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरुलाई समाजिक कार्यमा संलग्न गराउने, उनीहरुका रुचीअनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले ध्यान दिन सके उनीहरुलाई लागूऔषधको लतमा पर्न बाट बचाउन सकिने बताएका थिए ।विद्यालय तहका किशोरकिशोरीहरु लागू औषधको कुलतमा फस्ने गरेको पाईएको हुँदा उनीहरुको पाठ्यक्रममै लागूऔषध प्रयोगको नकारात्मक असरहरुलाई समावेश गर्न जरुरी रहेको र   लागु औषध रोक्न र नियन्त्रण गर्न बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनलाई संवेदनशील ढङ्गबाट कार्यन्वयन गर्न वा कडाइका साथ लागु गर्न नसके लागुपदार्थ र दुव्र्यसनीले ठूलो समस्या निम्त्याउन सक्छ भन्ने तर्फ समयमा नै सबैको ध्यान जानु जरुरी रहेको बताएका थिए  ।कार्यक्रमको प्रशिक्षकको रुपमाअमृत तिमिल्सिना रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।