टोल टोलमा मेयर अभियानले गति लिदै कागेश्वरी मनोहरा नगरपालिकामा

टोल टोलमा मेयर अभियानले गति लिदै  कागेश्वरी मनोहरा नगरपालिकामा

कपन अनलाइन 

काठमाडौँ, फागुन ३ ।कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा नगरमा भएका विकास निर्माणका कामहरुको अनुगमनमा केन्द्रित भएका छन । उनले तालिकानै बनाएर प्रत्येक महिनाको पहिलो हप्ता नगरका टोल टोलमा पुगी त्यहा भए गरेका विकास निर्माणको निरीक्षण गर्नुको साथै बिकासका काम कामहरु गुणस्तरिय र दिगो हुनुपर्ने भन्दै स्थानीय संग  छलफल समेत गर्दै आएका छन।कोरोना रोकथाम तथा नगरमा सुशासन कायम गर्ने अभियानका  साथ साथै विकास निर्माणलाइ पनि गति दिने उदेश्यले उनि टोल टोलमा मेयर अभियानलाइ एक साथ अघि बढाईरहेका छन । उनले कागेश्वरी मनोहरा नगरपालिकाका प्रत्येक वडाका टोल टोलमा पुगिरहेका छन ।

निर्वाचन दौरानमा प्रमुख थापाले जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि जनताको माझमा पुगेका हुन् । आफ्नो पांच बर्षे कार्यकालको दौरान तीन वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख जनताको माझमा पुगी भए गरेका काम प्रगती र आगमी दिनमा योजनामा समाबेश गर्नु पर्ने बिकासका बिषयमा वडा बासी संग छलफल गर्दै आएका छन   । त्यसै क्रममा उनले फागुन २ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ मा भए गरेका विकास निर्माणको अनुगमन गर्नुको साथै स्थानीय संग विकास निर्माणको बिषयमा छलफल गरेका थिए  ।

 

 

तपाइँको प्रतिक्रिया ।