मुक्तक : संस्कृती दाहाल

कपन अनलाइन

काठमाडौं ,माघ १७।

१ ) राम्रो मान्छे सबैको घरबार हुँदैन
राजा जति सबैको दरबार हुँदैन
कति बस्छौ अझै डनसँग डराएर
डन जति सबैसँग तरबार हुँदैन ।

२ ) अझै कति रिसाउंछौ उसँग मित्र ?
ऊ पनि बोल्न चाहन्छ होला भित्रभित्र
भयो, अब छाडीदेउ यो झगडा
बरु दुवै मिलेर बनाऊ राम्रो चित्र ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।