सार्वजनिक जग्गा जोगाउन जनप्रतिनिधिले गरेको पहललाई समाजले पनि साथ दिन जरूरी छ :नबिन केसी (वडा अध्यक्ष)

कपन अनलाइन

काठमाडौँ, माघ १२ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ६ च्यासिन्डोलमा च्यासिन्डोल नमुना पार्कको शिलान्यास भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजनामा जलबायु उत्थानशील बिकासका लागि शहरी इकोसिष्टममा आधारित अनुकुलन समबन्धि ६ करोडको लागतमा निर्माण हुन लागेको सो आयोजनालाई    नेपाल सरकार बाटप्राप्त   एक करोड रुपैयाकोला गत मा निर्माण गर्न लागिएको उक्त पार्कको आज एक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले शिलान्यास गरेका हुन्। उक्त शिलान्यास कार्यक्रममा शुभकामना एबम स्वागत मन्तब्य राख्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसीले सार्वजनिक जग्गा संरक्षण हेतु पार्क निर्माण हुनु खुसिको कुरा भएको बताए। उनले निर्माण कार्य समयमा नै समपन्न गर्नको लागि अनुरोध गर्दै सो कार्यमा स्थानीयको सहयोग रहने बताएका थिए  ।

उनले जनप्रतिनिधि आएसँगै अतिक्रमणमा परेको सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याउने काम धमाधम भइरहेको बताए  ।जनप्रतिनिधिले अतिक्रमित सार्वजनिक जग्गा जोगाउन गरेको पहललाई समाजले पनि साथ दिन जरूरी  रहेको बताएका थिए  ।

हरियाली प्रवर्द्धन गर्ने,  सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्बर्द्धन गर्ने लगायतका कार्यलाई  नगर तथा वडाले  प्राथमिकतामा राखेर काम गरिरहेको  बताएका थिए  ।अहिले नै खुल्ला ठाउँको संरक्षण नगर्ने हो भने नयाँ पुस्तालाई अन्याय हुने  पनि बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।