Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/DSC_1116-scaled-e1611555394765.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/DSC_1117-scaled-e1611555451929.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/DSC_1124-scaled-e1611554675854.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/DSC_1125-scaled-e1611555670894.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ ६ मा च्यासिन्डोल नमुना पार्कको उपप्रधानमन्त्री इश्वर पोखरेल द्वारा शिलान्यास

कपन अनलाइन

काठमाडौँ, माघ १२ बुढानिलकण्ठ नगरपालिका वडा नं ६ च्यासिन्डोलमा च्यासिन्डोल नमुना पार्कको शिलान्यास भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजनामा जलबायु उत्थानशील बिकासका लागि शहरी इकोसिष्टममा आधारित अनुकुलन समबन्धि ६ करोडको लागतमा निर्माण हुन लागेको सो आयोजनालाई    नेपाल सरकार बाटप्राप्त   एक करोड रुपैयाकोला गत मा निर्माण गर्न लागिएको उक्त पार्कको आज एक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले शिलान्यास गरेका हुन्।

करिब ५,७०१.९५ स्क्वायर मिटरमा निर्माण गर्न लागिएको उक्त पार्क शिलान्यास कार्यक्रममा बिशेष अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य दिपक निरौलाकाठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारी, बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसी, बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बस नारायण महर्जन लगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसीले स्वागत मन्तब्य राख्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मै योजना छनौट गरेकोमा खुसि ब्यक्त गरेका थिए ।कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

संक्षिप्त रुपमा आयोजना गरिएको उक्त पार्क शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल सरकारका उप प्रधानमन्त्री इश्वर पोखरेलले आयोजकलाइ धन्यवाद दिदै सबैजना मिलेर नै राम्रो कामको थालनी भएको हुँदा  आयोजना समयमानै सम्पन्न गर्न अनुरोध गरेका थिए ।उनले  प्राप्त गरेको सहयोग हरु कुन ठाउमा लगानी गर्ने भन्ने छलफल पश्चात जनताको स्वास्थ्यको लागि  बातावरणलाइ सुन्दर बनाउन पार्क आवश्यक रहेको हुँदा च्यासिन्डोललाइ छनौट गरि त्यसको सम्भावना अध्ययन पश्चात सो स्थान छनौट भएको  बताएका थिए ।

सो स्थान छनौटमा  स्थानीयको सहयोग सहभागिता रहेको पनि स्मरण गरेका थिए  उनले एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने आश्वासन प्रति  बिस्वस्त रहेको भन्दै २०७७ साल माघ १२ गतेबिधिबत रुपमा  उद्घाटन गर्न अवस्था  आओस भन्ने शुभकामना ब्यक्त गरेका थिए।

उनले बुढानिलकण्ठ नगरपालिकामा  बनिरहेको १२ वटा पार्क मध्ये आज शिलान्यास गरिएको नमुना पार्क  बन्ने बिश्वास ब्यक्त गर्दै   संघिय प्रदेश र स्थानीय गरि तीन वटै सरकारको समन्वयमा धेरै विकास निर्माणका कामहरु भई रहेको बताएका थिए।उनले पहिले एउटा मात्र सरकार हुँदा सबै काम एउटा सरकारलाइ मात्र ताकेता गर्नु पर्ने बाध्यता थियो भने   अहिले  तीन तहका सरकारले गर्ने कामहरु संबिधानले किटान गरिदिएको बताए ।

अब तीनै सरकारले गर्ने भनेर किटान गरिएका कामहरु किटान गरिए अनुसार नै हुने र गरिने जानकारी गराउदै अलिकति लय तालमेल  नमिलेको हुन सक्छ कहिले काही यहाँ टेक्नु पर्ने ठाउमा अन्तै  टेक्न पुगेको पनि हुन सक्छ तर यो अभ्यास बाट नै यसलाई सच्याउदै  तीन तहका सरकारले गर्ने कामहरु लय मिलाएर गर्ने कुराको सुनिश्चितता  गर्ने बताए ।

उनले एउटा सानो काम संग गासिएका धेरै पाटाहरु छन् यी पाटाहरुलाई सबैले बुझ्नु पर्ने बताउदै  कुनै पनि संरचना  बनाउने चुनौतीको काम हो तर त्यो भन्दा पनि  ठुलो कुरा बनाइसके पछि टिकाउने त्यतिकै चुनौतीपूर्ण रहेको बताए ।सार्वजनिक सम्पतिको सिर्जना त गर्छौ तर त्यसको संरक्षण सरकारले नै गर्नुपर्ने आम बुझाइ छ त्यसमा परिवर्तन ल्याउनुपर्ने धारणा राखेका थिए।  उनले भने नागरिक जसले बनाउछ उसले टिकाउनु पर्ने  जसले बनाउछ उसले बचाउनु पर्ने जसले बनाउछ उसले सुरक्षा पनि गर्नु पर्ने   बताउदै त्यस काममा सरकारको सहयोग रहने पनि बताएका थिए  ।

लामो समय सम्म राजनीतिक अस्थिरता हैरान बनेको जनता  स्थायी  सरकार  भएसी  पार पाइएला भनेको त्यसका काला बादलहरु मडारिन थालेको बताए ।उनले जनताले नर्वाचित गर्छन पांच वर्ष सम्म सरकार चल्छ ,चल्नुपर्छ कमीकमजोरी छ बदमासी छ भने  त जनतालेदण्डित गरिहाल्छन नि जनतालाइ  दण्ड गर्ने अधिकार त छदैछनी  राम्रो काम गरे पुरस्कृत नराम्रो काम गरे दण्डित गर्लान तर बिचमै एकदम उत्पाद गरेर फेरी अस्थिरताको शिलशिला शुरु गर्ने हो भने त्यो राजनीतिक अस्थिरताको शिलशिलाले हाम्रो विकास निर्माणका काम नहुने र त्यसले समस्या सिर्जना गर्ने बताए।

उनले त्यो कालो बादल मडारिन थालेको भन्दै   कालो बादल बाट अप सकुन हुने कुरा हुन नदिने बताउदै  त्यसलाई पर्तिबाद गर्ने बताए ।

निर्वाचन भइ सके पछि निर्वाचनको अवधि भर हिजो सम्म सरकारले राम्रो काम गर्यो भनेर पनि भन्ने अनि त्यसको केहि दिन बित्न नपाउदै सत्तो सराप गरेर यो खत्तम कामै नलाग्ने यसलाई फाल्नुपर्छ भन्ने खालको कुरा भो भने त्यसले बास्तबमा राजनीतिक स्थायीत्व अफ्ट्यारो बनाउने अराजकतालाइ प्रोत्साहन गर्छ विकास निर्माणलाई बाधा पुर्याउने हुँदा त्यस्तो हुन नहुने बताए । विकास निर्माण राजनीतिक स्थायीत्व अराजक नहोस भन्नेमा ध्यान दिने बताउदै त्यो कर्तब्य पनि भएको बताए ।

उनले कहिले काही ठिक काम गर्दै जाँदा ढंग नपुगेको हुन सक्छ अलि अलि तल माथि मेलो मिलाउन नजानिएला तर इमान र निष्ठामा कसैले पनि प्रश्न उठाउने कुरा हुन नदिने प्एरष्ट पर्दै   उनले काम गर्दै जाँदा ढंग नपुगेको हुन सक्छ यिनीहरुले बेला बेला मा ढंग नपुर्याउन सक्छन    ,कहिले काही चाहेको बेला भेटघाट भएन भन्न पाइन्छ  तर बेइमानी गरे इमान बेचे भन्ने कुरा कहिले सुन्न नपर्ने र त्यसो हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका थिए   ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।