प्रधानमन्त्री केपी ओली अहिलेसम्मकै राष्ट्रवादी प्रधानमन्त्री हुन : नेकपा नेता मिठाराम अधिकारी
कपन अनलाइन
काठमाडौं ,माघ ७।
नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला सचिवालय सदस्य मिठाराम अधिकारीले प्रधानमन्त्री केपी ओली अहिलेसम्मकै राष्ट्रवादी प्रधानमन्त्री रहेको दावी गरेका छन। नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठ -१३ वडा कमिटीले आयोजनागरेको अगुवा कार्यकर्ता भेलामा अधिकारीले प्रधानमन्त्री ओलीले देश हितमा गरेका कामहरुले उनको रास्ट्रप्रेम प्रस्ट संग देखाएको बताएका हुन।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको भेलामा बोल्दै उनले नेपालको नया नक्शा प्रकासन ,अन्य देश संग गरिएका पारवहन सम्झौता र अन्य सम्पूर्ण गतिविधि देशको हितमा रहेको धारणा राखेका थिए।
साविक कपन गाविसका पुर्व अध्यक्ष अधिकारीले अहिले नेपाल विकासको नया चरणमा प्रवेस गरेको बताउदै सरकारले गरेका राम्रा कामहरुको खुलेर प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन अपनी दिएका थिए।
नेपालमा अहिले संचालन भैरहेका सुरुङ मार्ग निर्माण ,रास्ट्रिय गौरवका आयोजना निर्माण र सामाजिक सुरक्षाका क्षेत्रमा भैरहेका कामहरुले नेपाललाई विकासको युगमा प्रवेस गराएको बताउदै उनले बैशाखमा हुने निर्वाचनको माहोल बनाउन सबै सक्रिय हुनुपर्ने धारणा राखेका छन।