नेकपा बागमती प्रदेस कमिटीको अध्यक्षमा आनन्द पोखरेल

कपन अनलाइन

काठमाडौं ,माघ ७।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) बागमती प्रदेश संगठन कमिटीको भक्तपुरमा बसेको  चौथो पूर्ण बैठकले नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आनन्द पोखरेललाई अध्यक्ष र केन्द्रीय सदस्य खेम लोहनीलाई सचिवमा छनोट गरेको छ।

नेकपा सचिवालय सदस्य तथा उप-प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले प्रचण्ड-नेपाल समूहका अध्यक्ष नारायण दाहालले पार्टी पद्दति र अनुशासन विपरित काम गरेको भनी कारवाही गर्दै नेता पोखरेललाई सर्वसम्मत रुपमा अध्यक्षमा छनोट गरेको हो।

तपाइँको प्रतिक्रिया ।