हे मेरो देश !(कविता)

हे मेरो देश !(कविता)

कपन अनलाइन

काठमाडौं माघ ६। भेषराज सापकोटा

हे! मेरो देश तिमी कहाँ थियौ कहाँ पुर्याए

आफ्नै देशको रगत चुसी आफ्नै देशलाई कहाँ हुर्याए

हिजो सम्म देश उचाईमा थियो,आज कहा झर्यो

भ्रष्टचारको कारण देश आज भड्खालोमा पर्यो।।

 

कति देशलाई तल झार्दै घुस खान्छौ नेता

हेर्छु घुसकै गन्ध आउछ एता, उता , जता

कहाँ गयो कानुन अनिकहाँ गए अख्तियार

कहाँ गए नेपाल राष्ट्रका  ठुला ठुला हतियार ।।

 

हिजो भर्खर भारतकापत्रकारले प्रधानमन्त्रीकोअन्तरवार्ता लिएछन

प्रधानमन्त्रीले उहीँ ठट्एउली पारामा सबै उत्तर दिएछन

त्यही पत्रकार भोली पल्ट सगरमाथा गएछन

हाम्रौ देशको उचाई माथी आफ्नै देशको नाम फेर्न चाहेछन ।।

 

हाम्रो देशको उचाई माथी कसैले आँखा गाड्न नपाओस

यो देशको माटो माथी कसैले पनि आँखा नलाओस

यही प्राथना गर्छु हे भगवान म यही देशमा मर्न पाऊ

बाचुन्जेली  नेपालीकै पहिचान होस्  त्यसैलाइ चिनाउन पाऊ।।

 

तपाइँको प्रतिक्रिया ।