Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/139907667_711668579531552_3579080248077520227_n-e1611026807563.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/139791098_711668346198242_7488707530869284214_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर सुन्दरीजलमा नगर प्रमुख सन्तोष चालिसे द्वारा खुल्ला व्यायामशालाको उद्घाटन

कपन अनलाइन

काठमाडौं ,माघ ६। गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलमा सोमबार  खुल्ला व्यायामशालाको उद्घाटन गरिएको छ ।सुन्दरीजल युथ क्लवले आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक  सहयोगमा निर्मित शारिरिक ब्यायमशालाको गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसे एक कार्यक्रमका बीच रिवन काटी उक्त खुल्ला ब्यायमशालाको उद्घाटन गरेका हुन ।

करिब १६  लाख रुपैयाको लागतमा निर्माण गरिएको उक्त व्यायामशाला उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं एक का वडा अध्यक्ष राम मानन्धर  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल बिपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेल ,वडा सदस्यहरु  सुन्दरीजल युथ क्लवका पदाधिकारीहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।

उद्घाटन पश्चात सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले  सबै नागरिकहरुलाई स्वस्थ बनाउने उदेश्य सहित शारीरिक व्यायाम र खेलकुद मानव जीवनको अभिन्न अंग भएको हुँदा  १ वडा १ पार्कको नीति  सहित खुल्ला ब्यायाम स्थल बनाइएको जानकारी गराएका थिए।

बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला गोकर्णेश्वर नगरपालिकाले  नागरिकलाई स्वस्थ्य बनाउन निशुल्क  खुल्ला व्यायामशाला निर्माण गरेको बताए । हालको समयमा कोभिडको संक्रमण बढिरहेको र ब्यायामले मानिसलाई मानसिक र शारीरिक रुपमा बलियो बनाउने हुँदा यसको उपयोगिता अझ बढिरहेको हुदा  स्थानीयलाइ  सो बाट भरपूर लाभ लिन अनुरोध गरेका थिए  ।

कार्यक्रममा  बोल्दै वडा अध्यक्ष राम मानन्धरले स्वास्थ्य नै ठुलो धन भएको हुँदा स्वस्थ्य नागरिक अभियान अन्तर्गत खुला व्यायामशाला बनाइएको जानकारी गराए । स्थानीयलाई निःशुल्क ब्यायाम गरेर शारीरिक रुपमा स्वस्थ रहन मद्दत मिल्ने बताउदै मानव जीवनमा ब्यायामको अति नै महत्व भएको बताए ।

तपाइँको प्रतिक्रिया ।