गोकर्णेश्वर ४ मा Antizen प्रबिधि मार्फत कोरोना परिक्षण
कपन अनलाइन
काठमाडौं, माघ ६ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सोमबार Antizen परिक्षण प्रबिधि मार्फत निशुल्क कोरोना संक्रमण जांच गरिएको छ।
गोकर्णेश्वर नगरपालिका भित्रका समुदायमा कोरोनाको अवस्थाको बारेमा जानकारी प्राप्त गर्ने उदेश्यका साथ् नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कार्यलय, टेकु र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा सोमबार गोकर्णेश्वर नगरपालिका ४ मा लक्षित बर्गलाई वडा कार्यलय प्रांगणमा Antizen परिक्षण मार्फत कोरोना संक्रमण जांच गरिएको थियो ।
जसमा वडामा दर्ता भएका व्यवसायीहरु,, यातायात मजदुर, कल कारखानामा काम गर्ने मजदुर (गलैचा कारखाना लगायत), स्वयम सेवक/ कर्मचारी,र कोभिड १९ को लक्षण भएका ब्यक्तिहरु गरि कुल ४३ जनाको Antizen परिक्षण प्रबिधि मार्फत कोरोना संक्रमण जांच गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले जानकारी गराए।
परिक्षण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।