रत्नपार्क–भद्रकाली सडकखण्डमा चन्द्रागिरि यातायातको बस दुर्घटना

कपन अनलाइन

काठमाडौं ,माघ १।

रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो।

बसमा तीन जना सवार रहेको बस दुर्घटनामा परेर  चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।बस दुर्घटनाको कारण खुलेको छैन भने चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको भनिएको छ ।व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ ।फोटो सौजन्य :सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।