कमल पोखरी निर्माण रोक्न काठमाडौं महानगरपालिकलाई गगन थापाको पत्र

कमल पोखरी निर्माण रोक्न काठमाडौं महानगरपालिकलाई गगन थापाको पत्र

कपन अनलाइन

काठमाडौं ,माघ १।

काठमाडौं महानगरपालिकाले निर्माण गरिरहेको कमल पोखरीको काम रोक्न काठमाडौं क्षेत्र नं ४ मा निर्वाचित बनेका विघठित प्रतिनिधि सभाका सदस्य गगन थापाले पत्र लेखेका छन।

पुस २६ गते सांसदको कार्यालय बाट पत्र लेख्दै थापाले कमल पोखरीमा रहेको सिमसार क्षेत्र नस्ट हुन् लागेको प्रति ध्यानाकर्षण गर्दै वास्तविक पोखरी साँघुरो भएको जानकारी गराइएको छ।

२०७६ बाट निर्माण शुरु गरिएको कमल पोखरीको  निर्माणका लागि सबै पक्षको सहभागितामा  डिजाइन र निर्माणको वारेमा २०७५ पुस १७ गते  छलफल गरेर निर्माणको काम अगाडी बढाईएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

उक्त छलफलमा  करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीमा  सार्वजनिक शौचालय बाहेक अन्य भौतिक संरचना निर्माण नगर्ने तथा  सौन्दर्यीकरणका लागि  नेपाली इटा र दर्जिन ढुङ्गाको प्रयोग गरेर  पोखरीको चार कुनामा कमल फुल्ने साना साना सहायक पोखरी र  ५ वटा मकराकृति ढुङ्गेधारा निर्माण गर्ने निर्णय गरिएको थियो।

पोखरीको डिलमा भएको लालपूर्जा सहित बसेको प्रहरी कार्यालय स्थानान्तरण गर्न, मस्त्य विकास केन्द्रबाट पोखरीको स्वामित्व  र पहुँचयुक्त सार्वजनिक स्थल बनाउन महानगरले भूमिका खेल्नु पर्ने सुझाव दिएका थापाले अहिले पोखरी निर्माणको काम रोकेर पुन छलफल गर्नुपर्ने माग गरेका छन।

सांसद थापाको पत्र :

 

 

तपाइँको प्रतिक्रिया ।